काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपेली संघ (ईयू) को सदस्य बनाउने प्रस्तावप्रति आपत्ति जनाएका छन्।
उक्त कदमको उद्देश्य आफूअनुकूल नभए ईयूबाट आयात हुने वस्तुमा थप भारी कर लगाउने उनले चेतावनीसमेत दिएका छन्।
बुधबार ट्रम्पले ईयूका नेताहरूको मनसायमा आफ्नो प्रतिक्रिया निर्भर हुने बताएका थिए। ‘यदि यसको उद्देश्य राम्रो हो भने ठीकै छ। तर‚ यदि उद्देश्य खराब हो भने हामी युरोपमाथि निकै भारी कर लगाउनेछौं,’ उनले भनेका छन्।
ट्रम्पले केही क्षेत्रमा अमेरिकाले युरोपसँगको व्यापारसमेत रोक्न सक्ने संकेत दिएका छन्।
क्यानडालाई ईयूमा आबद्ध गराउने सम्भावनालाई ट्रम्पले हाँस्यास्पद भन्दै क्यानडालाई अमेरिकाको खराब व्यापार साझेदारसमेत भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।