पोखरा– वालिङ.नगरपालिका–१३ सिख्रेका ५ वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ।
_x000D_
_x000D_
प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा रहेको अम्बा खाने क्रममा मृत्यु भएको हो।
_x000D_
_x000D_
अम्बा घाँटीमा अड्किएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।