काठमाडौं– सर्वोच्च अदालतले उद्योगी शंकरलाल अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतको संयुक्त इजलासबाट जारी आदेशमा अग्रवाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नेयसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न भनिएको हो।
शंकर ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाललाई १० लाख नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर छोड्न आदेश दिएसगै सो रकम जम्मा गरि रिहाइ भएका छन्।
बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवालले आफूलाई थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपलब्ध मिसिल, कागजात तथा प्रतिवादीतर्फबाट प्रस्तुत जिकिरलाई समेत विचार गरी धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश गरेको हो।
यसअघि उच्च अदालत पाटनले अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यसविरुद्ध अग्रवाल सर्वोच्च पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।