काठमाडौं– नेपालका लागि जापानी राजदूत माइदा तोरुले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्दै विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा जापानले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत तोरुले बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपालसँग जापानको ऐक्यबद्धता रहेको बताएका थिए।
भेटका क्रममा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिएका थिए।
राजदूत तोरुले नेपाललाई तत्कालीन राहत सहयोगसँगै विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटमा नेपालमा पछिल्लो समय आएको विपद् र त्यसबाट प्रभावित क्षेत्रको अवस्था तथा पुनर्निर्माणका विषयमा छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।