रसुवा –भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रमा एउटा शव फेला परेको छ । थप तीन शव निकाल्ने क्रममा छ ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीद्वारा जारी खोज तथा उद्धारअन्तर्गत ती शव फेला परेका हुन् ।
सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार त्यहाँ थप जीवित वा मृत मानिस हुनसक्ने सम्भावना छ ।
यो आयोजनाको पावर हाउस तथा गेटमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूभित्रै फसेको आशंका गरिएको थियो।
त्यहाँ नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले एउटा शव निकालिएको र अन्य निकाल्ने क्रममा रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।