काठमाडौं– सरकारले सार्वजनिक यातायातका सवारी दर्ता खुला गरेको छ ।
पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले वातावरणलाई कारण देखाउँदै गत ७ जेठदेखि अनिश्चितकालका लागि सार्वजनिक सवारीको दर्ता रोक्का गरेको थियो ।
तर, यातायात व्यवसायी, सवारी आयातकर्ता तथा बिक्रेताहरूको समेत दबाबमा करिब चार महिनापछि सरकारले सार्वजनिक यातायातको सवारी दर्ता पुनः खुला गरेको हो ।
सार्वजनिक सवारीसाधनहरूको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि दर्ता रोक्का गरिएको विभागले १८ साउनदेखि सार्वजनिक मालवाहक सवारीसाधनको दर्ता खुला गरेको थियो । पछिल्लोपटक विभागले १ असोजदेखि लागू हुनेगरी सार्वजनिक सवारी विशेषगरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिई दर्ता खुला गरिएको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनको लागि हाललाई १ असोजदेखि लागू हुने गरी काठमाडौं उपत्यकाबाहिर मात्र दर्ता हुने गरी विदुतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनहरूलाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको विभागले जनाएको छ ।
साथै, काठमाण्डौं उपत्यकाभित्र स्कुल बस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको विभागले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।