काठमाडौं– संघीय सरकारको मुख्यालय सिंहदरबारभित्र बुधबार गाडी दुर्घटना भएको छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ ।
बिहान करिब ११बजे ६६–१–००१२ नम्बरको गाडीले बागमती प्रदेश ०१ ०२८च ९००९ नम्बरको गाडीलाई राष्ट्यि स्वतन्त्र पार्टी संसदीय दलको कार्यालय छिर्ने ठाउँमा ठक्कर दिएको थियो ।
दुर्घटनाबाट एउटा गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अर्को गाडीको ढोका पट्टी ठोक्किएर क्षति पुगेको छ।
घटनामा मानवीय क्षति भने भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।