• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन?

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३०, २०८३  २०:०९
1140x725

काठमाडौं– अमेरिकाले पृथ्वीको कक्षमा अन्तरिक्षमा प्रयोग गर्न सकिने सैन्य हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यसअघि अन्तरिक्षमा यस्ता आक्रामक क्षमता प्रयोग गर्नेबारे खुला रूपमा स्वीकार गरेको थिएन।

अमेरिकी वायुसेनाका सचिव ट्रोय मींकले शत्रु पक्षका गतिविधिमाथि निगरानी राख्न र सम्भावित खतराको सामना गर्न यस्ता हतियार आवश्यक रहेको बताएका छन्।

सोमबार आयोजित वायु, अन्तरिक्ष तथा साइबर सम्मेलनमा बोल्दै मींकले अमेरिका ‘बदलिँदै गरेका खतराहरू’ सामना गर्न तयार रहेको बताए। यद्यपि उनले तैनाथ गरिएको हतियारको वास्तविक क्षमता के हो र त्यसलाई कहिले अन्तरिक्षमा पुर्‍याइएको हो भन्नेबारे कुनै विस्तृत जानकारी दिएनन्।

अमेरिकी उच्च सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा आफ्नो सैन्य क्षमता विस्तार गर्ने योजना सार्वजनिक गर्दै आएका थिए। उनीहरूले भविष्यमा अमेरिकी उपग्रहलाई निशाना बनाउन वा तिनको काममा अवरोध पुर्‍याउन सक्ने रुस र चीनका कार्यक्रमलाई यसको मुख्य कारणका रूपमा प्रस्तुत गर्दै आएका छन्।

चीनको आपत्ति : ‘अन्तरिक्षमा हतियारको होड रोक’

अमेरिकाले अन्तरिक्षमा सैन्य हतियार तैनाथ गरेको पुष्टि गरेलगत्तै चीनले यसको विरोध गरेको छ। मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई आफ्नो सैन्य क्षमता विस्तार गर्दै अन्तरिक्षमा युद्धको तयारी नगर्न आग्रह गरे।

एएफपीका अनुसार चिनियाँ पक्षले भनेको छ, ‘अमेरिकी पक्षले आफ्नो सैन्य क्षमता विस्तार गर्न र अन्तरिक्षमा युद्धको तयारी गर्न बन्द गर्नुपर्छ।’ अमेरिकाले भने तैनाथ गरिएको हतियारले कसरी काम गर्छ भन्नेबारे अहिलेसम्म स्पष्ट पारेको छैन।

अमेरिकी स्पेस फोर्सका एक प्रवक्ताका अनुसार ‘स्पेस कन्ट्रोल’ अन्तर्गत अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा गर्ने र आवश्यक परे त्यसमा नियन्त्रण कायम गर्ने क्षमता पर्छ। यस क्रममा विपक्षीको क्षमता अवरुद्ध गर्ने, कमजोर बनाउने र आवश्यक परे नष्ट गर्नेसम्मका विकल्प रहने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार यी क्षमताको प्रयोग सैन्य कमान्डको निर्देशनमा रक्षात्मक र आक्रामक दुवै उद्देश्यका लागि गर्न सकिन्छ।

कस्तो हतियार हुन सक्छ?

अन्तरिक्षमा सैन्य प्रविधिको प्रयोगबारे अध्ययन गरेका विज्ञहरूले भने अमेरिकाले तैनाथ गरेको हतियारको वास्तविक स्वरूपबारे सार्वजनिक रूपमा निकै कम जानकारी रहेको बताएका छन्।

रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका डा. ब्लेडिन बोवेनले बीबीसीसँग कुरा गर्दै यो विभिन्न प्रकारका हतियार प्रणालीमध्ये कुनै एक हुन सक्ने बताएका छन्। उनका अनुसार अमेरिकाले विद्युतीय युद्ध वा रेडियो जामिङ प्रणाली अन्तरिक्षमा तैनाथ गरेको हुन सक्छ। यस्तो प्रणालीले रेडियो सञ्चारमा अवरोध सिर्जना गर्न सक्छ।

Xtrem

Xtrem

अर्को सम्भावना कुनै काइनेटिक किल भेहिकल अर्थात् प्रत्यक्ष रूपमा अर्को उपग्रहसँग ठोक्किएर त्यसलाई नष्ट गर्न सक्ने अन्तरिक्ष यान पनि हुन सक्ने उनको भनाइ छ। तर यस्तो हतियार प्रयोग गर्दा ठूलो मात्रामा अन्तरिक्ष फोहोर अर्थात् मलबे सिर्जना हुने भएकाले यो विकल्पको सम्भावना तुलनात्मक रूपमा कम रहेको बोवेनले बताएका छन्।

‘गोल्डेन डोम’सँग पनि जोडिँदैछ अन्तरिक्ष क्षमता

ट्रम्प प्रशासनले अन्तरिक्षमा आधारित सैन्य क्षमता र अवरोधक क्षेप्यास्त्रलाई अमेरिकाको ‘गोल्डेन डोम’ रक्षा प्रणालीको महत्वपूर्ण हिस्सा मानेको छ। यो प्रणाली क्षेप्यास्त्र तथा अन्य हवाई खतराबाट अमेरिकालाई जोगाउने उद्देश्यले विकास भइरहेको छ।

गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी स्पेस फोर्सको भूमिकालाई अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको सुरक्षामा मात्र सीमित नराखी आवश्यक परे आक्रामक कारबाही गर्न सक्ने सैन्य संरचनाका रूपमा अघि बढाउने कार्यकारी आदेश जारी गरेका थिए।

अमेरिकी स्पेस फोर्स सन् २०१९ मा स्थापना गरिएको हो। यसको मुख्य उद्देश्य अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको सुरक्षा गर्नु हो। यसअन्तर्गत सञ्चार, निगरानीलगायत काममा प्रयोग हुने सयौँ उपग्रह पनि पर्छन्।

अन्तरिक्षमा हतियारको होड नयाँ होइन

अन्तरिक्षमा सैन्य प्रतिस्पर्धा भने अहिले सुरु भएको होइन। सन् १९६७ को अन्तरिक्ष सन्धिले पृथ्वीको कक्षमा विनाशकारी प्रभाव पार्ने व्यापक विनाशका हतियार तैनाथ गर्न रोक लगाएको थियो।

तर उक्त सन्धिले सबै प्रकारका सैन्य क्षमतालाई प्रतिबन्ध नगरेकाले अमेरिका, रुस र चीनजस्ता शक्तिले त्यसको दायराभन्दा बाहिरका विभिन्न अन्तरिक्ष तथा प्रतिअन्तरिक्ष क्षमता विकास गर्दै आएका छन्।

यसमा विपक्षी मुलुकका उपग्रहलाई निशाना बनाउने क्षमता पनि पर्छ। आधुनिक युद्धमा यस्ता उपग्रह सैन्य सञ्चार, निगरानी र दिशानिर्देशनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्।

रुस र चीनमाथि अमेरिकाको नजर

गत फेब्रुअरीमा सार्वजनिक भएको एउटा विवरणअनुसार रुसका दुई उपग्रहले सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमण सुरु भएयता कम्तीमा एक दर्जन युरोपेली उपग्रहको सञ्चारमा हस्तक्षेप गरेको हुन सक्ने आशंका गरिएको थियो।

यस्तो प्रविधिबाट रुसी गुप्तचर निकायले ती उपग्रहबाट पठाइएका संवेदनशील सूचना पढ्न सक्ने वा सैद्धान्तिक रूपमा उपग्रहको नियन्त्रणसमेत लिन सक्ने सम्भावना औँल्याइएको थियो।

अमेरिकाले सन् २०२४ मा रुसले एउटा यस्तो उपग्रह प्रक्षेपण गरेको दाबी गरेको थियो, जुन अन्य उपग्रहलाई समेत आक्रमण गर्न सक्षम हुन सक्ने उसको अनुमान थियो। रुसले भने यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको थिएन।

अमेरिकी स्पेस फोर्सका अनुसार चीनले आफ्नो सैन्य आधुनिकीकरणको रणनीतिअन्तर्गत अन्तरिक्ष तथा प्रतिअन्तरिक्ष क्षमता विकास र सञ्चालन गरिरहेको छ। रुसले पनि अन्तरिक्षलाई युद्धको एउटा क्षेत्रका रूपमा हेर्ने र भविष्यका द्वन्द्वमा अन्तरिक्षमाथिको प्रभुत्व निर्णायक हुन सक्ने मान्यता राख्ने अमेरिकी दाबी छ।

यससँगै अमेरिकाले अन्तरिक्षमा आक्रामक क्षमता तैनाथ गरेको सार्वजनिक रूपमा पुष्टि गरेपछि अन्तरिक्ष अब सैन्य प्रतिस्पर्धाको अर्को ठूलो मोर्चा बन्ने जोखिम थप बढेको देखिएको छ। बीबीसी लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्