काठमाडौं– ताप्लेजुङसहित १९ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव मंगलबार उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ र बाजुरा तथा आसपासका जिल्लाका स–साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना रहेको हफ।
बहाव बढेसँगै ती नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।