काठमाडौं– नेपाली काग्रेसको महाधिवेशन गर्ने तयारी गरेका सभापति गगन थापा र शेरबहादुर देउवा दुवैकाे कार्यतालिका रोक्न माग गर्दै सर्वोच्चमा पेश भएको रिट दरपिठ भएको छ ।
आफू नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार रिट दर्ताका लागि सर्वोच्च अदालत पेश गरेका थिए । यही विवाद सम्वन्धी सरोकारवालाकै रिट पूर्ण इजलासमा विचाराधिन भएकाले दरपिठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।
कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ ।
यसअघि देउवा र पूर्णबहादुर खड्काका तर्फवाट महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै रिट पेश भएको थियो । काग्रेस आधिकारिकता विवादमा यसअघि निस्सा भएकाले महाधिवेशन कार्यतालिका रोक्न माग रिटमा गरिएको थियो । तर सर्वोच्चले उक्त पुरक रिटमा अन्तरिम आदेश जारी गर्न अस्विकार गरेपछि दुवै पक्षले महाधिवेशनको तयारी अघि बढाएका थिए । त्यस विरुद्ध उपाध्यायले नयाँ रिट पेश गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।