काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डमा आज दुईपटक सवारी आवागमन रोकिने भएको छ।
प्रहरीकाअनुसार बिहान ८:३० देखि १०:३० बजेसम्म र ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिनेछ।
निर्धारित समयमा काम सम्पन्न भएपछि सडक सवारीसाधनका लागि खुला गरिने छ।
आज एक दिनका लागि मात्र उक्त समयतालिकाअनुसार सडक बन्द गरेर काम गरिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।