काठमाडौं– चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउन थालिएको छ।
रास्वपाका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि टोली शनिबार नै प्रवेश गरेको थियो।
अहिले सुरुङभित्र थुप्रिएको भग्नावशेष, ढुंगामुढा, कंक्रिट र बाक्लो लेदो पन्छाउँदै उद्धार टोली भित्री भागतर्फ अघि बढिरहेको छ। ‘पहिलोपटक ३ घनमिटर क्षमताको ह्विल लोडर प्रयोग गरेर सुरुङभित्रको लेदो हटाउने तथा बाहिर फाल्ने काम तीव्र पारिएको छ,’ उनले भने।
भग्नावशेष र लेदो हटाएर सुरुङभित्र जाने बाटो खुलेपछि उद्धार टोली भित्र प्रवेश गरेको इन्जिनियर गोकर्ण चौधरीले बताएका छन्। टोलीले सुरुङभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिको अवस्था पत्ता लगाउन लगातार खोजी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।