जकार्ता– इन्डोनेसियामा २४० जना यात्रु सवार एक यात्रुवाहक जहाज आइतबार जाभा सागरमा सम्पर्कविहीन भएको छ। जहाजसँग सम्पर्क टुटेपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान सुरु गरेका छन्।
‘विर्गो ट्रान्सपोर्ट ८’ नामको उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो द्वीपमा पर्ने दक्षिण कालीमन्तान प्रान्तको राजधानी बान्जारमासिनतर्फ जाँदै थियो।
बान्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार यात्राका क्रममा जहाजमा सञ्चार प्रणालीमा समस्या आएपछि त्यससँग सम्पर्क हुन सकेको थिएन।
उद्धार अधिकारीका अनुसार प्रारम्भिक जानकारीमा जहाजको अन्तिम ज्ञात स्थान जाभा सागरमा बान्जारमासिनको एक पियरबाट करिब १४८ किलोमिटर टाढा रहेको पाइएको छ।
उद्धार टोलीले उक्त क्षेत्रमा जहाजको खोजी गरिरहेको छ। हालसम्म जहाजमा सवार कुनै व्यक्तिको मृत्यु वा घाइते भएको जानकारी प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।