• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अरनिको राजमार्ग पूर्ण अवरुद्ध, तुइन खोलामा सवारी सञ्चालन गर्न आंशिक रोक

64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०८३  ०६:३१
1140x725
फाइल तस्बिर

काठमाडौं– वर्षा, बाढी, पहिरो तथा सडक निर्माणका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा निश्चित समय तोकेर सवारी सञ्चालनको व्यवस्था गरिएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुलीअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि १० टन तौलसम्मका मालबाहक तथा ढुवानीका साधन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन्। निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन्।

मकवानपुरका विभिन्न राजमार्गमा भदौ १६ गतेदेखि १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरिएको छ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारी साधनले साँझ ६ बजेसम्म इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधन हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जान सक्नेछन्। त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारी साधनलाई उक्त पुल प्रयोग नगरी सँगै रहेको डाइभर्सनबाट जान आग्रह गरिएको छ।

विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, आफ्नो पालोमा अनुशासनपूर्वक सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न भनिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको रातिको आवतजावत बन्द गरिएको छ। उक्त सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।

रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीले सडकको मुनिबाट कटान गरेपछि असार ८ गतेदेखि बाटो अवरुद्ध भएको थियो। असार १० गते आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।

रसुवा र नुवाकोट हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदी किनारका अधिकांश भाग कटान भएपछि सडक अवरुद्ध भएको हो। स्याफ्रुबेंसीसम्म जान काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसीसम्मको सिंगल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्ग त्रिशूली नदीले कटान गर्दा सडक भासिएपछि भदौ १४ गते बिहान ८ बजेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा भने तुइनखोला परियोजनाअन्तर्गत माटो कटानको कामका कारण सवारी सञ्चालनमा आंशिक रोक लगाइएको छ। भदौ २२ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म कृष्णभीर सडकखण्डको मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सुचारु नभएसम्म निश्चित समयतालिकाअनुसार सडक बन्द तथा खुला गरिनेछ।

उक्त सडकखण्ड बिहान ६ बजेदेखि ८ बजेसम्म बन्द र ८ बजेदेखि ८:३० बजेसम्म खुला रहनेछ। त्यसपछि क्रमशः दुई घण्टा बन्द र ३० मिनेट खुला गर्ने व्यवस्था गरिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलास्थित अरनिको राजमार्ग पनि सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। भदौ २५ गते बिहान ८:१० बजे सडक भासिएर उक्त सडकखण्ड अवरुद्ध भएको हो।

Xtrem

Xtrem

पाँचथरको फालेलुङ गाउँपालिका–८ आकाशेभञ्ज्याङस्थित फिदिम–फालोट सडकखण्ड पनि अवरुद्ध भएको छ। भदौ २६ गते बिहान ८:३० बजे अविरल वर्षाका कारण पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

मनाङको नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा सडक निर्माण तथा कंक्रिट ढलानको काम भइरहेकाले सवारी आवागमन बन्द गरिने भएको छ। सडकको आधा भागमा ढलान गर्दा पनि सडक साँघुरो हुने भएकाले भदौ २७ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म साना सवारी साधन सञ्चालन बन्द रहनेछन्।

त्यसैगरी, भदौ २८ गते बिहान १० बजेसम्म ठूला सवारी साधनका लागि समेत उक्त सडकखण्ड बन्द रहनेछ। सो सडकखण्डको वैकल्पिक सडक नरहेको जनाइएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो। दाहालमाथि ल... मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएक... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्