• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हर्मुजमार्फत हुने तेल आपूर्तिको जोखिम घटाउने उपाय खोज्दै खाडी मुलुक

64x64
नेपाल लाइभ शनिबार, भदौ २७, २०८३  १४:३३
1140x725

काठमाडौं। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले छलफल अघि बढाउने भएका छन्।

यसका लागि इरान, इराकसहित खाडी क्षेत्रका देशका विदेशमन्त्रीहरू सोमबार ओमानमा भेला हुँदै छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शुक्रबार बैठकमा क्षेत्रीय मुद्दाका साथै हर्मुज जलमार्गमार्फत सुरक्षित ढुवानीका लागि सम्भावित उपायबारे छलफल हुने जानकारी दिएका हुन्।

उनका अनुसार इरान र ओमानबीच हर्मुजमा सुरक्षित जलमार्ग तोक्ने विषयमा यसअघि भएको छलफललाई समेत बैठकले अघि बढाउनेछ। हर्मुजमा जलयातायात सहज बनाउने प्रयासले विश्व ऊर्जा बजारमा देखिएको आपूर्ति जोखिम घटाउन सक्ने अपेक्षा गरिएको छ।

खाडी क्षेत्रबाट विश्व बजारमा हुने तेल तथा पेट्रोलियम पदार्थको आपूर्तिका लागि हर्मुज महत्वपूर्ण जलमार्ग भएकाले यहाँ हुने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य, ढुवानी लागत र आपूर्ति शृंखलामा प्रत्यक्ष असर पार्न सक्छ।

इरान र ओमानले अगस्टको अन्त्यमा जारी गरेको संयुक्त वक्तव्यमा हर्मुज जलडमरूमा अस्थायी संयुक्त जलमार्ग स्थापना गर्ने चरणबद्ध संरचनाबारे विचार आदानप्रदान भएको बताएका थिए। प्रस्तावित जलमार्ग कार्यान्वयनमा आएमा तनावका बीच पनि पानीजहाजलाई सुरक्षित रूपमा आवतजावत गराउन सहज हुने अपेक्षा गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

इरानका विदेश मन्त्रालयका प्रवक्ता बघाईले क्षेत्रीय देशबीच विश्वास र सहकार्य बढाउन बैठक महत्वपूर्ण हुने बताए। बाह्य शक्तिको ‘विभाजनकारी हस्तक्षेप’ बिना क्षेत्रीय सुरक्षा र सहकार्य अघि बढाउनुपर्ने उनको भनाइ छ।

तर, हर्मुजको सुरक्षाको विषय अझै अमेरिका र इरानबीचको तनावसँग जोडिएको छ। बघाईले अमेरिकाले इरानविरुद्ध गरिरहेको भनिएको ‘आक्रामक गतिविधि र गैरकानुनी हस्तक्षेप’ जारी रहेसम्म हर्मुजमा ढुवानी सुरक्षाको पूर्ण सुनिश्चितता गर्न नसकिने बताएका छन्।

यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही गरेपछि तेहरानले हर्मुज जलडमरूबाट हुने पानीजहाजको आवागमनमा प्रतिबन्धात्मक कदम चालेको थियो। त्यसपछि अमेरिकी सेनाले इरानी बन्दरगाहबाट आउने तथा त्यतातर्फ जाने पानीजहाजलाई लक्षित गर्दै नौसैनिक नाकाबन्दी अघि बढाएको इरानको आरोप छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तेल बजारमा चासो

हर्मुज जलमार्गमा तनाव बढ्दा यसको प्रत्यक्ष असर विश्व तेल बजारमा पर्न सक्छ। खाडी क्षेत्रबाट अन्तर्राष्ट्रिय बजारमा जाने कच्चा तेल तथा पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध आएमा आपूर्ति घट्ने र त्यसको दबाब तेलको मूल्यमा पर्न सक्ने जोखिम रहन्छ।

तेलको मूल्य बढ्दा त्यसको प्रभाव पेट्रोलियम पदार्थमा मात्र सीमित रहँदैन। ढुवानी लागत बढ्ने भएकाले खाद्यान्न, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुसम्मको मूल्य शृंखलामा असर पर्न सक्छ। आयातमा निर्भर अर्थतन्त्र भएका मुलुकमा यसले मुद्रास्फीति तथा विदेशी मुद्रा खर्चको दबाबसमेत बढाउन सक्छ। त्यसैले हर्मुजमा सुरक्षित जलमार्ग कायम गर्ने इरान तथा खाडी मुलुकको पहललाई क्षेत्रीय सुरक्षा मात्र नभई विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारसँग जोडेर हेरिएको छ। सोमबार ओमानमा हुने बैठकले हर्मुजमा नियमित तथा सुरक्षित जलयातायातका लागि कस्तो संयन्त्र अघि बढाउँछ भन्ने विषयलाई ऊर्जा बजारले समेत चासोका साथ हेरेको छ। सीसीटीभी प्लस

 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने
सम्बन्धित सामग्री
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान... मंगलबार, मंसिर १, २०८३
इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्ब्याउने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनले इरानको आणविक कार्यक्रम अमेरिकाका... मंगलबार, मंसिर १, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइर... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन मंगलबार, मंसिर १, २०८३
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्