काठमाडौं– नेपाली क्रिकेट टोलीका अलराउन्डर गुल्शनकुमार झाले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक हजार रन पूरा गरेका छन्।
शनिबार एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध ५२ रन बनाएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्।
यूएईविरुद्ध गुल्शन पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका थिए। उनले ३८ बलमा ५२ रन बनाएपछि ४५.५ ओभरमा इब्रार अहमदको बलमा आउट भएका थिए।
उनले ३ चौका र ४ छक्का प्रहार गरे।
उनको यही प्रदर्शनसँगै एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत रनसंख्या एक हजार नाघेको हो। गुल्शनले ५३ खेलमा ४५ इनिङ्स खेल्दै १० पटक अविजित रहँदा १ हजार १५ रन बनाएका छन्। उनको उच्च स्कोर ६७ रनमा अविजित रहनु हो।
उनको नाममा एकदिवसीय अन्तर्राष्ट्रियमा ६ अर्धशतक छन्। गुल्शनले १ हजार १५ रन बनाउने क्रममा ६८ चौका र ५० छक्का प्रहार गरेका छन्।
गुल्शनको ब्याटिङ औसत २९.०० र स्ट्राइक रेट ८१.८५ रहेको छ। उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा शतक भने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।