काठमाडौं– नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ।
बायुमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका आसिफ शेखले सर्वाधिक १०२ रन बनाए। १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे।
गुलशन कुमार झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोडे। त्यसअघि अर्जुन कुमालले ६३ बलमा ४३ तथा रोहितकुमार पौडेलले ४४ बलमा ४० रन बनाए।
इशन पाण्डेले १३ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे। सन्दीप जोराले ७, करण केसीले १ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।