काठमाडौं– एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आसिफ शेखले युएईविरुद्ध शतक प्रहार गरेका छन्।
युएईविरुद्ध शानदार ब्याटिङ गरिरहेका आसिफले शतक पूरा गर्दै नेपालको इनिङ्स सम्हालेका हुन्। उनको शतकसँगै नेपाल बलियो स्कोरतर्फ अघि बढेको छ।
३४ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर १८५ रन बनाएको छ। आसिफको शतकीय इनिङ्सले नेपालको ब्याटिङमा महत्वपूर्ण योगदान पुगेको छ।
फाइनलमा नेपालले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरिरहेको छ। अब बाँकी ओभरमा थप रन जोड्दै नेपालले युएईसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।