• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २६, २०८३  १९:०८
1140x725

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्त्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा महत्वपूर्ण योजनाहरु अघि सारेको हो ।

हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका महत्वपूर्ण योजनाहरु प्रस्तुत गरे । कार्ययोजनाअनुसार नर्भिकले अस्पतालको निर्माणाधीन भवनको निर्माण कार्यलाई आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

यस्तै नर्भिक फार्मेसिया प्रा.लि. हाल काठमाडौँ उपत्यकाभित्र १५ शाखा सञ्चालनमा रहेकोमा चालु आर्थिक वर्षमा काठमाण्डौं उपत्यका भित्र १८, उपत्यका बाहिर १५ शाखा विस्तार तथा फ्रान्चाइज मोडलमा  ६ गरी जम्मा ५४ शाखा विस्तार गर्ने लक्ष्य रहेको छ । आगामी २ वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ ।   

स्वास्थ्य सेवाको पहुँचलाई काठमाडौँ उपत्यकाका अन्य क्षेत्रहरूमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटलको परियोजना पनि ल्याइएको छ । नर्भिक सिटी हस्पिटल लिमिटेडको परियोजनालाई आगामी आर्थिक वर्षको महत्वपूर्ण योजनाका रुपमा अघि बढाएको छ । उक्त सिटी अस्पताल ५० शय्याको हुनेछ ।  

सिटी हस्पिटलमा ओपिडि, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी अप्रेसन थिएटर लगायतका सेवा सञ्चालन गर्ने योजना रहेको छ । सिटी अस्पतालमा प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपिक, ल्याप्रोस्कोपी सर्जरी, एक्सरे लगायतका डाइग्नोस्टिक तथा उपचार सेवाहरु उपलब्ध गराउने योजना रहेको छ ।

यस्तै  नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गरि अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्य लिइएको छ । संस्थान स्थापनाका लागि कम्पनी स्थापना गरिएको जनाइएको छ । चालु आर्थिक बर्षमा यसको योजनालाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडी बढाउन नेतृत्व सल्लाहकारका रुपमा संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरी रहेका छन् । उक्त परियोजनाको अनुमानित कुल लागत करिब रु. ३०० करोड रहने छ भने दीर्घकालीन रूपमा उच्चस्तरीय क्यान्सर उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य रहेको छ । 

यस्तै स्वास्थ्य सेवाको पहुँचलाई सेवाग्राहिको घर–घर सम्म पु¥याउने उद्देश्यले नर्भिक एट होम स्थापना तथा संचालनको योजनालाई आगामी आर्थिक वर्षको महत्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ । उक्त सेवा प्रथम चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सुरु गरिनेछ ।

नर्भिकको सेवाप्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई विशेष प्राथमिकता दिइएको छ । अस्पतालको मुख्य प्राथमिकता गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारमा केन्द्रि रहने जनाइएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

नर्भिकले आफ्नो व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई समेत निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ । आगामी दिनमा पनि निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्यशिविर, जनचेतनामूलक कार्यक्रम तथा विपन्नवर्गका लागि आवश्यक स्वास्थ्यसेवाका कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

मुनाफाबाट लाभांश वापत २० प्रतिशत बोनस शेयर वितरण गर्ने
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश वापत २० प्रतिशत बोनस शेयर वितरण गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।  २० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुजीँको २० प्रतिशत बराबरको शेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि  शेयर निस्काष्न गर्ने तथा उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्ताहरुलाई वितरण गरिने विवरण पत्र स्वीकृति गर्ने लगायत काम कारबाहीको  अख्तियारी  संचालक समितिलाई प्रदान गर्ने  विशेष प्रस्ताव पनि पारित भएको छ ।  

सधारणसभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्त कुमार चौधरीले देशमा घटिरहेका विषम् परिश्थितिका बाबजुत पनि संस्थाले आर्थिक सूचांक दिन सफल भएको बताए । उनले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउदै लैजाने जानकारी दिए । 

यस्तै संचालक मेधा चौधरीले नर्भिकलाई केवल एउटा अस्पतालका रूपमा मात्र नभई आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित तथा दिगो स्वास्थ्य संस्था र स्वास्थ्यसेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने बताए । 

Xtrem

Xtrem

हस्पिटलका सिइओ अजय कुमार मिश्रले नर्भिकले सञ्चालन गर्ने नर्भिक सिटी हस्पिटलको सेवा नर्भिकभन्दा सुलभ र स्थानीय सर्वसाधारणलाई उपभोगयोग्य  बनाइने जानकारी दिए । उनले  रसुवा बाढीको कोषमा नर्भिक हस्पिटलको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको पनि जानकारी दिए ।

हस्पिटलको वार्षिक प्रतिवेदन अनुसार नर्भिकले २०८२/८३ मा ओपिडि तर्फ एकलाख ७९ हजार, आइपिडि तर्फ ९ हजार र आकस्मिक तर्फ ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । यस्तै ४१ हजार सेवाग्राहीलाई  अस्ट्रेलिया, युके, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनियाका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको छ । 

आर्थिक वर्ष २०८२/८३ मा अस्पतालको कुल आम्दानी फार्मेसी बाहेक रु.२ अर्ब ८३ करोड, कुल खर्च रु.२ अर्ब ३६ करोड तथा खुद नाफा रु.४७ करोड भन्दा माथि रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै फार्मेसी सहित कुल आम्दानी रु ३ अर्ब  ४७ करोड, कुल खर्च रु. २ अर्ब ९९ करोड तथा खुद नाफा रु. ४७ करोड ८५ लाख भन्दा माथि रहेको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय
सम्बन्धित सामग्री
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने छ। आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीम... बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु कम्पनीका अनुसार फोनमा कृत्रिम बुद्धिमत्तामा आधारित एकैपटक भाषा अनुवाद गर्ने सुविधा रहेको छ। यसले विभिन्न भाषामा हुने कुराकानीलाई वास... बिहीबार, असोज १५, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाए... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्