फाइल तस्बिर
काठमाडौं– देशका ४४ जिल्ला तथा आसपासका क्षेत्रमा बहने स–साना नदीको बहाव शुक्रबार उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, मुगु, जुम्ला, कालिकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी तथा आसपासका जिल्लामा स–साना नदीको बहाव बढ्ने सम्भावना छ।
ती क्षेत्रमा नदी तथा खोलाको बहाव बढेसँगै आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले तटीय तथा आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।