सोलुखुम्बु– महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार शुक्रबार बिहान ८:४० बजेसम्म खोलामा थप पहिरो खसिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
पहिरोका कारण खोलामा बनेको ड्याम थप जोखिमपूर्ण हुनसक्ने भएकाले हुङ्गा (हुङ्कु) खोला तथा दूधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।
महाशाखाले खोलाको अवस्था निरन्तर निगरानीमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सोलुखुम्बुमा हुङ्गा खोला दूधकोशी नदी प्रणालीसँग जोडिएको नदीमध्ये एक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।