काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ५ बजेसम्म १ हजार ३८३ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।
फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १४८ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ७१२ गरी कुल २ हजार ९९८ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
पहिचान हुन नसकेका १ हजार ३३२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीमा बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी रहेको छ।
यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार १७६ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।