काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ। कांग्रेस नेता रमेश लेखकले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न अझै नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरेका हुन्।
_x000D_
_x000D_
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ३ महिना बित्दा पनि निर्मला पन्तको हत्याजस्तो जघन्य अपराध गर्नेलाई कारबाही गर्न नसक्ने गृहमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने तर्क गरे।
_x000D_
_x000D_
नेता लेखकले निर्मलाका हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराए। 'सरकारले प्रहरी अधिकृत बर्खास्त गरेर हत्यारालाई संरक्षण दिन खोजिरहेको छ' उनले भने।
_x000D_
_x000D_
नेता लेखकले सरकार मुलुकमा शान्ति सुरक्षा दिन पूर्णतः असफल भएको दाबी समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।