पूर्ण रूपमा नयाँ लिपमोटर B03X (चिनियाँ बजारमा A10 का रूपमा परिचित) चीनमै दोस्रो सर्वाधिक बिक्री हुने सवारी साधन बन्न सफल भएको छ ।
यस मोडलले अगस्ट महिनामा मात्रै ३०,६५२ युनिट बिक्री गरेको छ । योसँगै B03X ले लिपमोटरको इतिहासमै सबैभन्दा छिटो १ लाख युनिट बिक्री हुने गाडी बनेर अटोमोबाइल उद्योगमै नयाँ कीर्तिमान कायम गरेको छ ।
गत मार्च २६ मा औपचारिक रूपमा बजारमा आएको मात्र १३५ दिनपछि, अर्थात् अगस्ट ७, २०२६ मा यो कोशेढुङ्गा पार गर्दै यस मोडलले बजारमा अभूतपूर्व माग हासिल गरेको छ ।
यसको बढ्दो लोकप्रियताकै बलमा लिपमोटर लगातार दुई महिनासम्म एकै महिनामा १ लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअप बन्न सफल भएको छ ।
B03X को यो तीव्र सफलताको प्रमुख कारण यसको पहुँचयोग्य ईभी सेग्मेन्टमा लक्जरीस्तरको प्रविधि र प्रिमियम सुविधाहरूको संयोजन हो ।
उत्कृष्ट प्रदर्शन र व्यावहारिकतालाई ध्यानमा राखेर निर्माण गरिएको B03X मा सेग्मेन्टकै अग्रणी १४५ kW मोटर, ५५ kW ब्याट्री र ५०५ किलोमिटर (CLTC) सम्मको ड्राइभिङ रेन्ज रहेको छ ।
साथै, यसमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न मात्र १६ मिनेट लाग्ने फास्ट चार्जिङ क्षमता रहेको छ । B03X को इन्टेरियरमा डुअल हाई–परफर्मेन्स चिपसहितको फ्ल्यागसिप प्रोसेसिङ पावर रहेको छ, जसमा ‘क्वालकम स्न्यापड्रैगन ८२९५ पी ककपिट चिप समेत समावेश छ । साथै, यसमा ५१० लिटरको फराकिलो बूट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा १६०५ लिटरसम्म बढाउन सकिन्छ ।
मासेराती, अल्फा रोमियो र प्युजो जस्ता १४ अग्रणी ब्रान्डहरूको मूल अटोमोबाइल समूह ‘स्टेलान्टिस’को विश्वव्यापी साथ रहेको लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल (एनईभी) ब्रान्ड हो ।
कम्पनीले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसअन्तर्गत जुलाई र अगस्ट गरी लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी युनिट बिक्री भएको थियो ।
साथै, विश्वका ४५ भन्दा बढी देशहरूमा फैलिएका २,००० भन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरूको बृहत् सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई भरपर्दो सेवा र पूर्ण निश्चिन्तता प्रदान गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।