काठमाडौं– लामो विवादपछि निर्वाचन आयोगले माओवादी केन्द्र र एमाले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै कायम रहने निर्णय गरेको छ।
_x000D_
_x000D_
शुक्रबार बसेको आयोगको पदाधिकारी बैठकले नामको विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको हो।
_x000D_
_x000D_
सत्तारुढ दलले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो।
_x000D_
_x000D_
कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुधाएर राखेकाले खारेज हुनुपर्ने दावी गरेका थिए। आयोगले बुधबार दुवै पक्षसँग छलफल समेत गरेको थियो। तर सहमति नभएपछि आफैं निर्णय गरेको हो।
_x000D_
_x000D_
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले शुक्रबार दुई दलको फरकफरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो।
_x000D_
_x000D_
आयोगका सदस्य ईश्वरी पौडेलले कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को अलगअलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।