काठमाडौं– मदिरा पिएर धोबीखोलामा हामफालेका व्यक्तिको उद्धार गर्दा प्रहरीको सेटै हराएको छ ।
चाबहिलस्थित धोबीखोलामा मंगलबार ३१ वर्षीय कैलाश रसाइली डुबेका थिए ।
उनी डुबेको थाहा पाएलगत्तै प्रहरी टोली उद्धारका लागि धोबीखोलामा हामफालेको थियो । सो क्रममा प्रहरीको वाकिटकी (सञ्चार सेट) नै हराएको हो ।
सुनसरीको धरान–१४ घर भएका सरसाइलीको उद्धारपछि जाँच गर्दा मदिरा सेवन गरेको पाइएको थियो । मदिरा पिएर खोलामा हामफालेका व्यक्तिको उद्धार गर्दा सञ्चार सेट नै खोलामा हराएर तनाव सिर्जना भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।