सुर्खेत– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ गलगौडामा पहिरो गएपछि भेरी करिडोरअन्तर्गतको सडकमा यातायात सेवा अवरुद्ध भएको छ।
पहिरोका कारण सडक अवरुद्ध भए पनि कर्वगाड खोला लगायतका अन्य स्थानमा भेरी नदी थुनिएको भन्ने जानकारी भने गलत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार भेरी नदी थुनिएको वा नदीको बहाव रोकिएको भन्ने सूचना पुष्टि नभएको हो। सामाजिक सञ्जाल तथा अन्य माध्यममा भेरी थुनिएको भन्दै फैलिएको सूचनामा सत्यता नरहेको प्रहरीले स्पष्ट पारेको छ।
गलगौडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवतजावतमा समस्या भएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ। नदि थुनिएको भन्दै रुकुम पश्चिम र जाजरकोटका स्थानीयले सतर्कता लागि घर छोडेर अग्ला डाडामा गएका कारण समस्य उत्पन्न भएको छ। प्रहरीले गलत सूचनाका पछि नलाग्न अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।