काठमाडौं–पासपोर्ट छपाइ विवादमा विशेष अदालतले जर्मन कम्पनी भेरिडोसलाई साधारण तारेखमा राख्ने आदेश दिएको छ । बुधबार विशेष अदालतले नेपालको पासपोर्ट छाप्ने ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसलाई साधारण तारिखमा राख्न आदेश गरेको छ ।
विशेष अदालतका सदस्यहरू नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले भेरिडोससँग कुनै धरौटी नमागी साधारण तारिखमा छाड्न आदेश दिएको हो ।
अख्तियारले पासपोर्ट छपाइमा भ्रष्टाचार भएको भन्दै राहदानी विभागका कर्मचारीसहित ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस विरुद्ध पनि मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि जर्मन कम्पनी भेरिडोसले नेपाली प्रतिनिधिलाई अख्तियारनामा दिएको थियो ।
अख्तियारनामा पाएका व्यक्ति बिशेष अदालतमा उपस्थित भएपछि अदालतले यस्तो आदेश गरेको हो ।
विशेष अदालतमा बयान र थुनछेक बहस पछि अदालतले उनीहरुलाई साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।