• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस्

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  ०७:१२
1140x725

झापा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवार अझै स्तब्ध छ र गोली किन प्रहार गरियो भन्ने प्रश्नको जवाफ खोजीरहेको छ।

उनीहरु जेनजी शहीद छोराको स्मृतीमा भावुक मात्र बनिरहेका छैनन्, ज्यान गुमाएका युवाको बलिदानी खेर नजाओस् र अब फेरि कुनै युवाले रगत बगाउन नपरोस् भन्ने कामना पनि गरिरहेका छन्। 

आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छोराको मृत्युको पीडासँगै उनले मुलुकमा फेरि अशान्ति र आन्दोलनको अवस्था नआओस् भन्ने कामना गरिरहेका छन्। 

गोपालको निधन भएको दिन सम्झँदै धनपतिले भने, ‘मेरो छोरा दोषी थिएन। उसलाई किन गोली हानियो भन्ने प्रश्नको जवाफ अझै मेरो मनमा छ। अब फेरि कुनै बाबुआमाले हामीले जस्तो पीडा भोग्नु नपरोस्।’

आँखाभरि आँसु पार्दै उनले पछिल्लो समय देशमा देखिएको प्राकृतिक विपद् र विभिन्न राजनीतिक गतिविधिका समाचार सुन्दा आफू थप चिन्तित हुने गरेको बताए।

अहिले देशका विभिन्न क्षेत्रमा बाढी पहिरोको विपद् रहेको उल्लेख गर्दै उनले फेरि जेनजी पुस्ताले आन्दोलन गर्न लागेको भन्ने हल्ला सुन्दा आफूलाई डर लाग्ने गरेको बताए।

‘देशमा अहिले बाढीको ताण्डव छ। मानिसहरू दुःखमा छन्। यस्तो बेलामा फेरि नयाँ जेनजीले आन्दोलन गर्ने भन्ने हल्ला सुन्छु। मेरो कामना सरकारले युवाका माग सुनेर समाधान गरोस्,’ उनले भने, ‘कसैको रगत बगाएर परिवर्तन खोज्ने अवस्था फेरि नआओस्।’

Ncell 2
Ncell 2
nimb
nimb

गोपाल गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बिर्तामोडमा प्रहरीको गोली लागेर मारिएका थिए। त्यस दिन बिहान रक्तदान गरेपछि घर फर्किएका उनले बुबालाई उपचारका लागि शनिश्चरे अस्पताल पुर्‍याएका थिए। अस्पतालबाट फर्किएपछि परिवारसँगै खाना खाएर उनी घरबाट बाहिरिएका थिए। साथीहरूसँग बिर्तामोड बजार पुगेका गोपाल आन्दोलनमा सहभागी भएका थिए।

आन्दोलनका क्रममा छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिएण्डसी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको थियो।

छोराको निधनपछि सेढाईं परिवारले उनको बिहेको तयारीसमेत अघि बढाउन सकेन। गोपालले चार वर्षअघि आफ्नै लागि पक्की घर बनाएका थिए। बुढेसकालमा छोराको सहारामा जीवन बिताउने सपना बुनेका धनपति र उनकी पत्नी गुनमायाका लागि त्यो घर अहिले सम्झनाको घर बनेको छ।

Xtrem

Xtrem

‘मंसिरमा छोराको बिहे गर्ने तयारी थियो। घरमा नयाँ बुहारी आउने र घरमा खुसी छाउने सपना देखेका थियौँ,’ धनपतिले भने, ‘तर सबै सपना चकनाचुर भयो। छोरा गयो, हाम्रो सहारा गयो।’

छोराको मृत्युको पीडा बोकेर बसेका धनपतिलाई अहिले अर्को चिन्ताले सताउन थालेको छ–कतै फेरि कुनै युवाको रगत त बग्ने होइन ?

उनी आन्दोलन वा विरोधको अधिकारको विरोधमा नभएको बताउँछन्। तर नागरिकको आवाज सुन्ने र समस्या समाधान गर्ने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ।

‘सरकारले जनताको कुरा सुन्नुपर्छ। युवाको माग बुझ्नुपर्छ। समस्या छ भने वार्ताबाट समाधान गर्नुपर्छ,’ उनले भने, ‘गोपालहरू मर्नुपर्ने गरी कुनै आन्दोलन नहोस्।’

गोपालकी दिदी तुलसा सेढाईं पनि अहिले विगतको घटनालाई सम्झँदा भावुक हुन्छिन्। भाइलाई दाजुभाइभन्दा बढी साथीका रूपमा सम्झने तुलसा अब युवाले फेरि सडकमा रगत बगाउने अवस्था आउन नहुने बताउँछिन्।

उनका अनुसार गोपाल सँधै समाज परिवर्तनको कुरा गर्थे। ‘हामीले नै समाज बदल्नुपर्छ, अरूलाई पर्खेर हुँदैन भन्ने उसको भनाइ हुन्थ्यो,’ तुलसाले भाइलाई सम्झँदै भनिन्।

तर अहिले उनको धारणा फेरिएको छ। गोपालसहितका युवाले परिवर्तनका लागि दिएको बलिदानीको मूल्य राज्यले बुझ्नुपर्ने उनको भनाइ छ।

‘अब हामीले सडकमा गएर केही पनि हुँदैन। फेरि आन्दोलन गरेर, फेरि रगत बगाएर समस्या समाधान हुँदैन,’ तुलसाले भनिन्, ‘हामी नबोलीकनै सरकारले गोपालहरूजस्ता युवाको बलिदानीको महत्त्व बुझोस् भन्ने चाहन्छौँ।’

उनले अहिले देश विभिन्न समस्याबाट गुज्रिरहेको भन्दै सरकार र सम्बन्धित पक्षले जनताको पीडा बुझेर काम गर्नुपर्ने बताइन्।

‘हामीले अब कुनै अशुभ समाचार सुन्न नपरोस्। कुनै बुबाले आफ्नो छोराको शव हेर्न नपरोस्। कुनै आमाले ‘मेरो छोरा कहिले फर्कन्छ’ भनेर रुन नपरोस्,’ तुलसाले भनिन्।

गोपालको निधनपछि उनका परिवारका लागि समय अघि बढे पनि पीडा भने उस्तै छ। घरमा रहेका उनका सामान, उनले प्रयोग गरेका वस्तु र उनीसँग जोडिएका सम्झनाले परिवारलाई बारम्बार विगतमा फर्काउने गरेको छ।

एक वर्ष पुग्नलाग्दा पनि गोपालकी आमा गुनमायाको आँखामा आँसु रोकिएको छैन। छोराको फोटो हेर्दै उनी अझै पनि गोपाल फर्केर आउने आशामा भावुक हुने गर्छिन्।

गोपालको परिवारका लागि शहीद घोषणा र सम्मानभन्दा पनि उनको मृत्युको कारण र त्यसबाट राज्यले लिएको पाठ महत्त्वपूर्ण रहेको बुबा धनपतिको भनाइ छ।

‘हामीलाई छोरा फर्काएर दिन सकिँदैन। त्यो हाम्रो भाग्यमा रहेनछ,’ उनले भने, ‘तर गोपालको जस्तो अवस्था अरू कसैको नहोस्। उसको मृत्युबाट सरकारले सिक्नुपर्छ।’

जेनजी आन्दोलनमा झापाबाट गोपालसहित युवाले ज्यान गुमाएका थिए। आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित धेरै युवाहरूलाई नेपाल सरकारले शहीद घोषणा गरेको परिवारले जनाएको छ।

गोपालको परिवारका लागि शहीद घोषणा सम्मानको विषय भए पनि त्यो सम्मानसँगै राज्यले युवाको आवाज सुन्ने वातावरण बनाउनुपर्ने अपेक्षा छ।

बुढेसकालमा छोराको सहारामा जीवन बिताउने सपना बोकेका धनपतिका लागि अहिले गोपाल सम्झनामा मात्र छन्। छोराको बिहे गरेर घरमा बुहारी भित्र्याउने सपना देखेका उनी अब अर्को एउटा मात्र सपना देख्छन्। देशमा शान्ति होस् र कुनै बाबुआमाले छोराको शव काँधमा बोक्न नपरोस्।

‘गोपाल गयो, अब अर्को गोपाल नजाओस्,’ आँसु पुछ्दै धनपतिले भने, ‘हाम्रो जस्तो पीडा कसैले भोग्नु नपरोस्। सरकारले युवाको कुरा सुनोस्, देशमा शान्ति होस्।’

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्