• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०८३  २१:२६
1140x725

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ब्रह्माण्डका रहस्यमय पक्ष डार्क म्याटर र डार्क इनर्जीको अध्ययन गर्न ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा पठाएको छ। फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको फाल्कन हेभी रकेटमार्फत प्रक्षेपण गरिएको यो टेलिस्कोप पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको ‘एल टु’ क्षेत्रमा पुग्नेछ।

प्रक्षेपणको सातौँ दिन सोमबारसम्म रोमन पृथ्वीबाट करिब ७ लाख ३ हजार किलोमिटर टाढा पुगेको छ। अहिले यसको मुख्य एन्टेना, भाइजरलगायत उपकरण खोल्ने र प्रारम्भिक परीक्षण भइरहेको नासाले जनाएको छ। एल टु पुगेपछि टेलिस्कोप पूर्ण रूपमा सक्रिय भएर डार्क इनर्जी, बाह्य ग्रह र तारापुञ्जको अध्ययन सुरु गर्नेछ।

करिब ४.३ अर्ब अमेरिकी डलर लागतमा बनेको रोमनले अर्बौं आकाशगंगाको अध्ययन गरी तिनको वितरण र गतिमा देखिने परिवर्तनबाट डार्क म्याटर र डार्क इनर्जीको प्रभाव पत्ता लगाउनेछ। यसले दैनिक १.४ टेराबाइट डेटा पृथ्वीमा पठाउनेछ, जसलाई आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ र वैज्ञानिकहरूको सहयोगमा विश्लेषण गरी ब्रह्माण्डको नयाँ नक्सा तयार गरिनेछ।

डार्क म्याटर प्रत्यक्ष देखिँदैन तर यसको गुरुत्वाकर्षण प्रभावबाट यसको अस्तित्व अनुमान गरिन्छ। डार्क इनर्जी भने ब्रह्माण्ड फैलिने गति बढाइरहेको मानिने रहस्यमय शक्ति हो। वैज्ञानिकहरूका अनुसार ब्रह्माण्डको करिब ६८ प्रतिशत भाग डार्क इनर्जीले ओगटेको अनुमान छ।

रोमनमा ३० करोड पिक्सेल क्षमताको इन्फ्रारेड क्यामेरा छ। नासाका अनुसार यसले हबल स्पेस टेलिस्कोपभन्दा करिब १ हजार गुणा छिटो आकाशको सर्वेक्षण गर्न सक्छ। यसको कोरोनाग्राफ प्रविधिले बृहस्पतिजस्ता ठूला ग्रहको तस्बिर खिच्नुका साथै भविष्यमा पृथ्वीजस्ता सम्भावित बस्न योग्य ग्रहमा जीवनको खोजीमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नासा प्रशासक ज्यारेड आइज्याकम्यानले रोमनलाई नासाले देख्न चाहेको सफलताको उदाहरण भन्दै यसले ‘ब्रह्माण्डको नयाँ नक्सा’ तयार गर्ने बताएका छन्। नासा साइन्स प्रमुख निक्की फक्सले यसलाई ‘डिस्कभरी मेसिन’ को संज्ञा दिँदै ब्रह्माण्डको इतिहाससम्बन्धी आधारभूत प्रश्नको उत्तर खोज्न सहयोग पुग्ने बताएकी छन्।

नासाले रोमनबाट प्राप्त प्रारम्भिक वैज्ञानिक तस्बिर सन् २०२७ को सुरुतिर सार्वजनिक गर्ने अपेक्षा गरेको छ। यसअघि नासाले एल टु क्षेत्रमा जेम्स वेब स्पेस टेलिस्कोप पठाएको थियो। जेम्स वेबले ब्रह्माण्डको इतिहास, ताराको उत्पत्ति र सौर्यमण्डलबाहिरका ग्रहको अध्ययन गरिरहेको छ। सन् २०२२ मा यसले ‘क्यारिना नेबुला’ र ‘साउदर्न रिङ नेबुला’ लगायतका तस्बिर पृथ्वीमा पठाएको थियो।

नासाले सन् १९९० मा पृथ्वीको तल्लो कक्षमा हबल स्पेस टेलिस्कोप पठाएको थियो। तीन दशकभन्दा बढी अवधिमा हबलले १५ लाखभन्दा बढी अवलोकन गरी १५० टेराबाइटभन्दा बढी वैज्ञानिक तथ्यांक र ऐतिहासिक तस्बिर पठाइसकेको छ। ब्रह्माण्ड विस्तारको गति मापन गर्दै यसको उमेर करिब १३.८ अर्ब वर्ष रहेको तथ्य पत्ता लगाउन पनि हबलले महत्वपूर्ण योगदान गरेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हबल, जेम्स वेब र रोमनलाई नासाले एकअर्काका परिपूरक टेलिस्कोपका रूपमा लिएको छ। हबल र जेम्स वेबले तुलनात्मक रूपमा नजिकबाट विस्तृत अध्ययन गर्छन् भने रोमनलाई ठूलो क्षेत्र अर्थात् ‘वाइड’ दृश्यमा ब्रह्माण्डको सर्वेक्षण गर्ने गरी निर्माण गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  २१:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने
सम्बन्धित सामग्री
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान... मंगलबार, मंसिर १, २०८३
इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्ब्याउने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनले इरानको आणविक कार्यक्रम अमेरिकाका... मंगलबार, मंसिर १, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइर... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन मंगलबार, मंसिर १, २०८३
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्