• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एनसेल सीईओको राजीनामाले उठाएको प्रश्न: विदेशी लगानी तर्साउने बाटोमा छ सरकार

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  ०६:१८
1140x725

काठमाडौं– भदौ ९ गते नेपालको दूरसञ्चार क्षेत्रमा निजी कम्पनीको रूपमा राम्रै मुनाफा कमाइरहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याटरिक फोलेले राजीनामा दिए। त्यसको केही समयअघि स्मार्ट टेलिकम प्रकरणमा उनीसहितलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो।

पछिल्लो समय सरकारले एनसेललाई लक्षित गर्दै टंकमणि शर्माको प्रतिवेदन सार्वजनिक गरेको थियो। निजी क्षेत्र र विदेशी लगानीलाई लक्षित गर्दै सरकारले कडाइ गर्न थालेको थियो। यस्तै घटनाक्रम बढ्दै गएको र नेपालमा विदेशी लगानीका लागि सहज वातावरण नरहेको प्रमुख कारण फोलेले आफ्नो राजीनामामा उल्लेख गरेका छन्।

नियुक्ति भएको एक वर्ष पनि नपुग्दै फोलेले राजीनामा दिएकाले विदेशी लगानीमा कस्तो प्रभाव पर्ला भन्ने प्रश्न पनि सँगै उब्जेको छ। स्रोतका अनुसार एनसेलको लगानी, २५ वर्षे अनुमतिपत्रको विवाद, कम्पनीमाथि भइरहेका कानुनी तथा नियामकीय हस्तक्षेप र पारिवारिक दबाबलगायत कारणले उनले कम्पनी छाडेका हुन्।

भदौ ९ गते दिएको उनको राजीनामा स्वीकृत भइसकेको छ। नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठले अन्तरिम व्यवस्थाअन्तर्गत ‘लिमिट्स अफ अथोरिटी’ लिएर सीईओको जिम्मेवारी सम्हाल्ने भनिएको छ।

एनसेलका बोर्ड पदाधिकारी तथा विदेशी लगानीकर्तासमेत मुद्दामामिलामा पर्ने अवस्था बनेपछि फोलेलको मनोबलमा समेत असर परेको राजीनामा अघि आफू निकटसँग उनले बताएका थिए।

एनसेल सीईओको राजीनामा विदेशी लगानीका लागि ठूलो प्रतिउत्पादक हुने वरिष्ठ अधिवक्ता गान्धी पण्डितको तर्क छ। उनले विगतदेखि नै नेपालमा लगानी गर्न निकै कठिन अवस्थाहरू सिर्जना हुने गरेको र पछिल्लो समय झन् निरुत्साहित नै गर्ने काम भइरहेको दाबी गरे।

‘यदि कसैले गलत काम गरेको छ भने मुद्दा चलाउन सकिन्छ। यत्रो ठूलो योगदान भएको कम्पनीलाई बदनाम गर्ने काम भयो,’ उनले भने, ‘स्मार्ट टेलिकममा एनसेलको प्रत्यक्ष संलग्नता देखिँदैन।

कहीं न कहीं सरकारमा बिचौलियाहरूले काम गरेको देखिन्छ।’ उनले अहिलेको जस्तो वातावरण बढ्दै जाने र विदेशी लगानीकर्ताहरू यसरी नै निरुत्साहित हुँदै जाने हो भने पाँच वर्षपछि टेलिकम अघि नबढ्ने अवस्था आउने उनको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘अन्य विदेशी लगानी यस्तो अवस्थाले आउँदैन। एनसेलमाथि जसरी प्रहार भयो, यसले विदेशी लगानी नभई नहुने अवस्थामा निरुत्साहित मात्र होइन, ध्वस्त हुने बाटोमा अघि बढेको छ,’ पण्डितले भने, ‘नेपालमा सानो लगानीबाट सुरु भएर ठूलो काम गर्न सकिन्छ भन्ने देखायो तर उसलाई नै लखेटियो।’ सरकारले एनसेलले नाफा मात्र कमाएको देखेको तर उसले ४०–४५ अर्ब रुपैयाँसम्म राजस्व बुझाएको अनि हजारौंलाई रोजगारी दिएको कुरा बिर्सेको उनको तर्क छ।

‘लगानी गर्ने भनेको विदेशीहरूले आफ्नो नगद पुँजी ल्याएर गर्ने हो। त्यसरी लगानी गर्दा मुलुकमा कुन व्यवसाय गर्दा नाफा आर्जन गर्न सकिन्छ भनेर उनीहरूले सोच्छन्। यदि विदेशी लगानी गरेर मुनाफा लैजानु गलत हो भनेर नीतिगत रूपबाट भनियो भने विदेशी लगानी आउँदैन,’ उनले भने, ‘आत्मनिर्भर हुने काम गर्नुपर्छ।’

विदेशी लगानीको भारबाट आफूलाई उन्मुक्त गर्दै स्वदेशी लगानी बढाउनुपर्छ। उद्योगधन्दा चलाउने सन्दर्भमा विदेशी लगानीलाई आउन दिनुपर्छ। नेपालमा धेरै व्यक्तिले लगानी गर्न चाहे पनि पुँजीको अभाव छ। त्यो ग्यापलाई परिपूर्ति गर्न पनि विदेशी लगानी आवश्यक छ।

उनले विदेशी लगानीकर्ता आउने भनेको घाटाका लागि होइन, नाफाकै लागि भएकाले उसले व्यापार गर्दा ट्याक्सलगायत राज्यलाई तिर्नुपर्ने सबै दायित्व पूरा गर्नुपर्ने र सरकारले विदेशी लगानी आउँदा ज्ञान, विज्ञता पनि सँगसँगै आउने कुरा बुझ्नुपर्ने उनको तर्क छ। यसअघि डोल्मा इप्याक्टलाई कर छुट दिन खोज्दा र एक अमेरिकी सूचना प्रविधि कम्पनीलाई जसरी मुद्दा लगाइयो, यसले नेपालमा विस्तारै विदेशी लगानीलाई रोक्नेतिर अघि बढेको विज्ञहरूको तर्क छ।

Xtrem

Xtrem

नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले निजी र विदेशी लगानीलाई लक्षित नै बनाएर आक्रमण सुरु भएको बताए। ती पदाधिकारीले एनसेल एउटा कम्पनी मात्र नभई विदेशी लगानीको एउटा नमुना भएकाले त्यसलाई मिलाएर नेपालमा अरू पनि लगानी ल्याउने वातावरण बनाउनुपर्नेमा सरकार उल्टो बाटोमा अघि बढेको बताए।

उनले एनसेल मात्र नभई डोल्मा इप्याक्ट, आईटी कम्पनी कोर्भििटीमाथि मुद्दा दायर गर्नु गलत भएको बताए। नेपालमा झन् धेरै विदेशी लगानी आवश्यक भएको अवस्थामा नेपालमै काम गरिरहेकाहरूले लगानीको वातावरण छैन भन्दै राजीनामा दिएर हिँड्नुले गलत सन्देश जाने ती पदाधिकारीको तर्क छ।

१० महिनामै किन बाहिरिए फोले?

फोलेले आफ्नो कार्यकालमा उच्चगतिको फाइभजी सेवा विस्तार, घर–घरमा फाइबरमार्फत इन्टरनेट सेवा, डेटा सेन्टरलगायत क्षेत्रमा ठूलो लगानी गर्ने योजना अघि सारेका थिए। सरकारले सहजीकरण गरे कम्पनीले नेपालमा करिब २५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धतासमेत उनले सार्वजनिक रूपमा व्यक्त गरेका थिए।

फोले करिब १० महिनाअघि एनसेलको सीईओ नियुक्त भएका थिए। उनले नेपालमा रहेको २५ वर्षे अनुमतिपत्रको प्रावधान विदेशी लगानीका दृष्टिले लगानीमैत्री नरहेको तथा सरकारी निर्णयहरू कानुनसम्मत नभएको बताउँदै आएका थिए।

उनकै कार्यकालमा एनसेलले अघिल्लो सरकार र हालको सरकारसमक्ष कम्पनीको सम्पत्ति सरकारको स्वामित्वमा लैजाने विषयमा पुनरावलोकन गर्न आग्रह गरेको थियो।

फोलेको राजीनामा र दूरसञ्चार प्राधिकरणको पछिल्लो पत्राचार लगभग एकै समयमा हुनु संयोग मात्र नभई नेपालमा विदेशी लगानीको वातावरणप्रति गम्भीर प्रश्न उठाउने घटनाका रूपमा समेत हेरिएको छ।

यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले हालै एनसेललाई पूर्वस्वीकृतिबिना आफ्ना सम्पत्ति बिक्री, हस्तान्तरण वा धितो राख्न नपाउने भन्दै पत्र पठाएको छ। एनसेलको अनुमतिपत्रको अवधि करिब तीन वर्ष मात्र बाँकी रहेको अवस्थामा प्राधिकरणको उक्त निर्देशनले कम्पनीको आगामी लगानी तथा सञ्चालन योजनामा असर पार्न सक्ने चिन्ता देखिएको छ।

निर्देशनअनुसार एनसेलले प्राधिकरणको पूर्वस्वीकृतिबिना आफ्ना जग्गा, भवन, उपकरण, बीटीएस टावर तथा अन्य भौतिक वा प्राविधिक संरचना बिक्री, हस्तान्तरण वा बैंकमा धितो राख्न पाउने छैन। यसबाट कम्पनीको थप लगानी क्षमता प्रभावित भए सेवाको गुणस्तर र ग्राहकसमेत प्रभावित हुन सक्ने कम्पनी पक्षको बुझाइ छ।

अनुमतिपत्रको अवधि समाप्त भएपछि पनि नेपालमा सेवा निरन्तर सञ्चालन गर्ने उद्देश्यले विदेशी लगानीको शेयर संरचनामा आवश्यक परिवर्तन गर्न तयार रहेको एनसेलले बताउँदै आएको छ। कम्पनीले इच्छुक नेपाली नागरिक तथा संस्थालाई समेत शेयरमा सहभागी गराउन सकिने प्रस्ताव अघि सारेको जनाएको छ।

तर, कम्पनी पक्षले पछिल्ला सरकारी निर्णय तथा नियमहरूले एनसेललाई क्रमशः राष्ट्रियकरणतर्फ लैजान खोजिएको आरोप लगाउँदै आएको छ। यस्ता व्यवस्था दूरसञ्चार ऐनको मर्म, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, नेपालको संविधान तथा नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेत अनुकूल नभएको कम्पनी पक्षको दाबी छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश... बिहीबार, असोज १५, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) निर्णयअनुसार जीव लाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै रामकृष्ण पुडासैनीलाई दाङको घोराही उपमहान... बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने गुठी संस्थानले करिब एक महिनाअघि उपमहानगरभित्रका सात वटा पोखरीका डिलमा बनेका अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो। त्यसक्रममा सरकारक... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्