• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडीको ठूलो जित, सत्ताको नजिक पुग्यो

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०८३  ०९:१०
1140x725

काठमाडौं– जर्मनीको दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले सक्सोनी–आनहाल्ट राज्यको चुनावमा ठूलो सफलता हासिल गरेको छ। एक्जिट पोलका अनुसार एएफडीले करिब ४४ प्रतिशत मत पाउँदै राज्यकै सबैभन्दा ठूलो पार्टी बनेको छ।

यो परिणाम जर्मन चान्सलर फ्रेडरिक मर्ज र उनको कन्जरभेटिभ पार्टीका लागि ठूलो धक्का मानिएको छ। अमेरिकी व्यवसायी इलन मस्कले पनि एएफडीको जितमा बधाई दिएका छन्।

दोस्रो विश्वयुद्धपछि एएफडी पहिलोपटक जर्मनीको कुनै राज्यमा सरकार गठनको यतिनजिक पुगेको हो। यद्यपि‚ जर्मनीका मुख्यधाराका राजनीतिक दलहरूले एएफडीसँग गठबन्धन नगर्ने नीति लिँदै आएका छन्।

सेप्टेम्बर ६ मा म्याग्डेबर्गमा चुनावी नतिजापछि एएफडीका उम्मेदवार उलरिश जिगमुन्ड र पार्टी अध्यक्ष एलिस वाइडल सँगै देखिएका थिए।

जर्मन राजनीतिमा एएफडीको जित किन महत्त्वपूर्ण?
नाजी शासनको इतिहासका कारण जर्मनीका मुख्यधाराका राजनीतिक दलहरूले लामो समयदेखि अत्यधिक दक्षिणपन्थी मानिने दलसँग दूरी कायम राख्दै आएका छन्। एएफडीमाथि पनि दक्षिणपन्थी अतिवादसँग सम्बन्धित आरोप लाग्दै आएको छ।

त्यसैले कुनै राज्यमा एएफडी सरकार गठनको नजिक पुग्नु जर्मन राजनीतिमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यो प्रभाव सक्सोनी–आनहाल्टमा मात्र सीमित छैन। एएफडी राष्ट्रिय स्तरमा पनि सबैभन्दा लोकप्रिय राजनीतिक दल बनेको दाबी गरिएको छ। 

हालैको आईएनएसए सर्वेक्षणमा एएफडीलाई करिब २८ प्रतिशत समर्थन देखाइएको छ भने मर्जको सीडीयू/सीएसयूलाई करिब २० प्रतिशत समर्थन छ।

आप्रवासन, शरणार्थी र जर्मनीको राष्ट्रिय पहिचान एएफडीका प्रमुख राजनीतिक मुद्दा हुन्। एएफडीले आफूलाई परम्परागत राजनीतिक दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ। चुनावी अभियानमा उसले आप्रवासन, सुरक्षा र जर्मन पहिचानसँग जोडिएका जनचिन्तालाई प्रमुख मुद्दा बनाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

एएफडीका समर्थकहरूले मौजुदा राजनीतिक दलहरूले यी समस्याको समाधान गर्न नसकेको बताउँदै आएका छन्। यही असन्तुष्टिको लाभ विशेषगरी पूर्वी जर्मनीमा एएफडीले पाइरहेको छ।

यस चुनावमा एएफडीले ३५ वर्षीय उलरिश जिगमुन्डलाई मुख्यमन्त्री पदका उम्मेदवार बनाएको थियो। जिगमुन्डले चुनावी परिणामलाई ऐतिहासिक भनेका छन्।

उनले जनताले राजनीतिक परिवर्तन चाहेको र त्यसका लागि एएफडीलाई अवसर दिन चाहेको स्पष्ट भएको बताए। उनले यसलाई सन् २०२९ मा हुने राष्ट्रिय चुनावअघि महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चुनावी परिणामबारे प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा चुनावको अनुमानित नतिजासम्बन्धी एउटा तस्बिर सार्वजनिक गरे पनि त्यससँग कुनै टिप्पणी लेखेका छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रुसी राष्ट्रपतिका विशेष दूत किरिल दिमित्रिएभले ट्रम्पको पोस्टको स्क्रिनसट सार्वजनिक गर्दै एएफडीको जितलाई ‘ऐतिहासिक विजय’ भनेका छन्।

एएफडीलाई रुसप्रति तुलनात्मक रूपमा नरम धारणा राख्ने पार्टीका रूपमा हेरिन्छ। उसले युक्रेनलाई जर्मनीले दिँदै आएको सहयोग रोक्न र युक्रेनबाट आएका मानिसलाई शरणार्थीको दर्जा दिने वर्तमान व्यवस्था अन्त्य गर्न माग गर्दै आएको छ।

अमेरिकी व्यवसायी इलन मस्कले पनि एएफडीलाई बधाई दिएका छन्। एएफडीकी सहसंस्थापक तथा राष्ट्रिय नेतृ एलिस वाइडलले चुनावमा पार्टीको अग्रताबारे सामाजिक सञ्जालमा पोस्ट गरेपछि मस्कले जर्मन भाषामा भनेका छन्, ‘राम्रो भयो!’

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने
सम्बन्धित सामग्री
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान... मंगलबार, मंसिर १, २०८३
इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्ब्याउने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनले इरानको आणविक कार्यक्रम अमेरिकाका... मंगलबार, मंसिर १, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइर... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
उपत्यकाका २१ स्थानीय तहमा आजदेखि मासु जाँच ऐन लागू, जथाभाबी पशु वध गर्न नपाइने मंगलबार, मंसिर १, २०८३
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमाथि आज सुनुवाइ भएन मंगलबार, मंसिर १, २०८३
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्