• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ट्रम्पको चेतावनी– पिकैक्स माउन्टेनमा गतिविधि देखिए अमेरिकाले आक्रमण गर्छ

64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०८३  ०९:४८
1140x725

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अत्यन्त सुरक्षित भूमिगत आणविक संरचना पिकैक्स माउन्टेनमा कुनै गतिविधि देखिए त्यसलाई अमेरिकाले तत्काल निशाना बनाउन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूले पिकैक्स माउन्टेनमा भइरहेको गतिविधिमाथि निगरानी गरिरहेको बताए। ‘त्यहाँ कुनै प्रकारको गतिविधि देखिए अमेरिकाले उक्त संरचनामाथि आक्रमण गर्न सक्छ,’ उनले भनेका छन्।

ट्रम्पले पछिल्लो पाँच महिनादेखि इरानविरुद्ध जारी अमेरिकी सैन्य अभियानको बचाउ गर्दै यसको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको दाबी गरे।

पिकैक्स माउन्टेन इरानको नताञ्ज युरेनियम संवर्धन केन्द्रनजिकै रहेको छ। यसलाई जमिनको निकै गहिराइमा बनाइएको छ। यो बलियो र सुरक्षित परिसर मानिन्स। यसमा जमिनमुनि दुईवटा ठूला सुरुङ प्रणाली रहेको बताइएको छ। तर, नताञ्ज केन्द्रमा यसअघि नै ठूलो क्षति भइसकेको बताइएको छ।

द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार इजरायली गुप्तचर अधिकारीहरूले इरानले हजारौं सेन्ट्रिफ्युज उक्त गहिरो भूमिगत संरचनामा पुर्‍याएको विश्वास गरेका छन्। युरेनियमलाई संवर्धन गर्न सेन्ट्रिफ्युज प्रयोग गरिन्छ।

पिकैक्स माउन्टेन निकै गहिराइमा रहेकाले सामान्य हवाई आक्रमणबाट त्यसलाई क्षति पुर्‍याउन कठिन हुने बताइएको छ। अमेरिकाले त्यहाँ आक्रमण गरेमा इरानका आणविक संरचनाविरुद्ध जारी सैन्य अभियान थप विस्तार हुन सक्ने देखिन्छ।

ट्रम्पको दाबी– अमेरिकाले ठूलो क्षेत्रीय युद्ध रोकेको छ
ट्रम्पले अमेरिकी सैन्य कारबाहीका कारण पश्चिम एसियामा ठूलो युद्ध हुनबाट रोकिएको पनि दाबी गरेका छन्।

उनका अनुसार अमेरिकाले कारबाही नगरेको भए इजरायल र समग्र पश्चिम एसियाले अझ गम्भीर खतरा सामना गर्नुपर्ने थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘यदि हामी त्यहाँ नगएको भए आज इजरायल हुने थिएन, मध्यपूर्व हुने थिएन र उनीहरूले त्यसपछि युरोप तथा हाम्रा सहरहरूलाई पनि निशाना बनाउन सक्थे। तर‚ हामीले पाँच महिनामै उनीहरूलाई आणविक हतियार बनाउनबाट रोकेका छौं,’ ट्रम्पले भने।

ट्रम्पले इरानको राडार प्रणालीमाथि हालै गरिएको अमेरिकी आक्रमणबारे पनि बताए। उनले अमेरिकी सेनाले इरानका अत्याधुनिक राडार प्रणाली दुईपटक नष्ट गरेको दाबी गरे।

उनका अनुसार पछिल्लो आक्रमण हुनुअघि केही दिनसम्म कुनै गोलीबारी भएको थिएन। तर‚ इरानले यसअघि राडार प्रणाली तैनाथ गरेको र अमेरिकाले त्यसलाई नष्ट गरेको उनले बताए। त्यसपछि इरानले पुनः नयाँ राडार तैनाथ गरेपछि अमेरिकाले ती पनि नष्ट गरेको ट्रम्पको दाबी छ।

लगातारको आक्रमणपछि इरानले अब नयाँ राडार तैनाथ गर्नबाट जोगिन सक्ने उनको भनाइ थियो। ट्रम्पको पछिल्लो भनाइ अमेरिकी सेन्ट्रल कमान्डले केही दिनअघि इरानका सैन्य संरचनामा नयाँ आक्रमण गरेको जानकारी दिएपछि आएको हो।

कमान्डका अनुसार गत साता भएका आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बन्धित संरचनालाई निशाना बनाइएको थियो। तीमध्ये हवाई सुरक्षा प्रणाली, राडार प्रणाली, समुद्री सैन्य उपकरण, समुद्रमा बारुदी सुरुङ बिछ्याउने क्षमता तथा सञ्चारसम्बन्धी संरचना रहेका थिए।

कमान्डले ती आक्रमण कर्प्सले हालै गरेको भनिएको आक्रमण प्रयासपछि गरिएको जनाएको थियो। अमेरिकाका अनुसार ती प्रयासमा होर्मुज हुँदै आवतजावत गर्ने व्यावसायिक पानीजहाज तथा अमेरिकी सैनिकलाई निशाना बनाउने प्रयाससमेत रहेको थियो।

इरानले अमेरिकाका पछिल्ला आक्रमणको कडा निन्दा गरेको छ। इरानले अमेरिकामाथि आफ्नो सार्वभौमिकताको उल्लंघन गरेको तथा विभिन्न प्रान्तमा गैरसैन्य पूर्वाधार र नागरिक संरचनालाई निशाना बनाएको आरोप लगाएको छ।

इरानको विदेश मन्त्रालयले आफ्ना सेनाले अमेरिकाविरुद्ध कडा प्रतिरक्षात्मक आक्रमण गरेको जनाएको छ।

इरानका अनुसार पश्चिम एसियामा रहेका अमेरिकी सैन्य संरचनाबाटै अमेरिकी आक्रमण सुरु र तयारी भइरहेको थियो। त्यसैले आफ्ना जवाफी आक्रमणमा ती अमेरिकी सैन्य संरचनालाई निशाना बनाइएको इरानको भनाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ
ट्रम्पको चेतावनी– पिकैक्स माउन्टेनमा गतिविधि देखिए अमेरिकाले आक्रमण गर्छ
सम्बन्धित सामग्री
ट्रम्पको चेतावनी– पिकैक्स माउन्टेनमा गतिविधि देखिए अमेरिकाले आक्रमण गर्छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अत्यन्त सुरक्षित भूमिगत आणविक संरचना पिकैक्स माउन्टेनमा कुनै गतिविधि देखिए त्यसलाई अमेरिक... शनिबार, भदौ २०, २०८३
बोलिभियाको सैन्य अड्डामा शक्तिशाली विस्फोट : १० भन्दा बढीको मृत्यु, ५८ घाइते दक्षिण अमेरिकी देश बोलिभियाको पश्चिमी शहर वियाचामा रहेको एक सैन्य अड्डामा शुक्रबार शक्तिशाली विस्फोट हुँदा १० भन्दा बढी मानिसको मृत्... शनिबार, भदौ २०, २०८३
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ शनिबार, भदौ २०, २०८३
ट्रम्पको चेतावनी– पिकैक्स माउन्टेनमा गतिविधि देखिए अमेरिकाले आक्रमण गर्छ शनिबार, भदौ २०, २०८३
बोलिभियाको सैन्य अड्डामा शक्तिशाली विस्फोट : १० भन्दा बढीको मृत्यु, ५८ घाइते शनिबार, भदौ २०, २०८३
हुम्लामा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्