• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १९, २०८३  १८:१५
1140x725

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय साहको परिवारमा अहिले खुसीको सीमा छैन। लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएको छ ।

सञ्जयका मामा ऋषिदेव साह काठमाडौंमै थिए । बुधबार शुक्रबार सञ्जयलाई सुरुङबाट जीवितै उद्धार गरिएको खबर उनले सञ्चारमाध्यमबाट थाहा पाए । त्यसपछि घरबाट फोन आएपछि उनी तत्काल छाउनी अस्पताल पुगे । 

अस्पताल पुगेर सञ्जयलाई प्रत्यक्ष देखेपछि मात्रै आफूलाई उद्धारको खबर साँच्चिकै भएको अनुभूति भएको उनले बताए। नेपाल न्यूज बैंकसँग कुरा गर्दै ऋषिदेवले भने, ‘सञ्जय साह मेरो भान्जा पर्छन् । म काठमाडौंमै बस्छु । उद्धार भयो भनेर थाहा पाएपछि घरबाट पनि फोन आयो । त्यसपछि म यहाँ आएको हुँ ।’

उनका अनुसार लामो समय सुरुङभित्र बस्नुपरेका कारण सञ्जय केही कमजोर देखिए पनि अहिले उनको अवस्था सामान्य छ । परिवारसँग कुराकानी गर्दा उनले सबैलाई चिनेका छन् र खासै समस्या नभएको जानकारी दिएको ऋषिदेवले बताए ।

तर सञ्जयले सुरुङभित्र बिताएका १० दिन भने निकै कठिन थिए । अचानक आएको बाढीले सुरुङभित्र रहेका कामदारहरूलाई ज्यान जोगाउन भागाभागको अवस्था सिर्जना गरेको थियो । 

ऋषिदेवका अनुसार बाढी आउन थालेपछि सञ्जयलाई पनि त्यसको जानकारी भयो । सुरुङभित्र काम गरिरहेका अन्य व्यक्तिहरूलाई समेत भाग्न भनिएको थियो । त्यसपछि सञ्जय आफू सुरक्षित हुने ठाउँ खोज्दै माथिल्लो भागतर्फ पुगे । 

‘अचानक बाढी आएछ । त्यहाँ अरु काम गर्ने मान्छेहरू पनि थिए। भाग–भाग भनेपछि ऊ पनि सुरुङभित्र माथितिर गएको रहेछ,’ उनले भने।

सुरुङभित्र चार–पाँच तलाजस्तो संरचना रहेको र सञ्जय छैटौँ तलातर्फ पुगेको उनले बताए । तर वैकल्पिक बाटोतर्फबाट पनि पानी आउन थालेपछि अवस्था झन् जोखिमपूर्ण बनेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

पानीको बहावबाट जोगिन सञ्जयले बगाएर ल्याएको काठको सहारा लिएका थिए। पानी नपसेको स्थानमा पुगेपछि उनी त्यहीँ बसेर आफ्नो ज्यान जोगाइरहेका थिए ।

‘बगाएर ल्याएको काठ अड्काइदिएछ । छैटौँ तलामा पानी गएन रे । त्यहीँ बसेर दुई–चार दिन त्यसै बिताएछ,’ ऋषिदेवले भने।

त्यसपछि सुरुङभित्र रहेको भेन्टिलेसनजस्तो स्थानमा समेत सञ्जयले आश्रय लिएको परिवारले जानकारी पाएको छ।

उनलाई सबैभन्दा ठूलो समस्या भनेको खानेपानी र खानाको थियो। लामो समयसम्म खानेकुरा नपाएपछि उनले सुरुङभित्र उपलब्ध पानी नै कपडाबाट छानेर पिउने गरेको ऋषिदेवले बताए ।

Xtrem

Xtrem

‘खाने कुराको त झन् समस्या भयो। गन्जी–टीसर्ट खोलेर गन्जीले पानी फिल्टर गरेर त्यही पानी हल्का–हल्का पिएछ,’ उनले भने।

सञ्जयको यो अवस्था सुन्दा परिवारलाई अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ । १० दिनसम्म अँध्यारो सुरुङभित्र, बाढी र पानीको जोखिमबीच कसरी उनले आफूलाई जोगाए भन्ने कुरा परिवारका लागि पनि चमत्कारजस्तै बनेको छ ।

सञ्जयको उद्धार हुनुअघि भने परिवारको आशा विस्तारै कमजोर हुँदै गएको थियो । सुरुका दिनमा सुरुङ ठूलो भएकाले भित्र कतै सुरक्षित स्थानमा बसेका हुन सक्ने आशा थियो । तर दिन बित्दै गएपछि परिवारले नराम्रो खबर आउनसक्ने सम्भावना स्वीकार गर्न थालेको थियो । 

ऋषिदेवले भने, ‘सातआठ दिन भइसकेको थियो, अब त माया मारिसकेका थियौँ । जीवितै होला भन्ने आशा पनि बिस्तारै कम हुँदै गएको थियो ।’

तर शुक्रबार बिहान आएको खबरले परिवारको अवस्था एकाएक बदलियो । लामो समयदेखि पर्खिरहेको खुसीको खबर सुनेपछि आफूहरू निकै भावुक भएको उनले बताए।

‘उद्धार भयो भन्ने खबर सुन्दा मलाई मात्रै होइन, पुरै नेपाललाई नै खुसी लागेछ भन्नुपर्छ । यस्तो अवस्थामा १० दिनपछि जीवितै भेटिनु चमत्कार नै भयो,’ उनले भने।

सञ्जयलाई भगवानको कृपाले नयाँ जीवन पाएको परिवारले महसुस गरेको छ । विशेषगरी कृष्ण जन्माष्टमीको दिन उनको उद्धार भएकाले परिवारले यसलाई अझ विशेष रूपमा लिएको ऋषिदेवले बताए ।

‘शुक्रबार आज भगवानको जन्म दिन हो। यही दिन हाम्रो भान्जाको पनि पुनर्जन्म भयो भन्नुप¥यो । भगवानकै कृपा हो, चमत्कार नै भयो,’ उनले भने ।

अहिले सञ्जय अस्पतालमा उपचाररत छन् । परिवारका सदस्यहरू उनको स्वास्थ्यमा क्रमिक सुधार आउने विश्वासमा छन् । लामो समयसम्म सुरुङभित्र बस्दा शरीर कमजोर भएपनि अहिले उनी आफन्तलाई चिन्न सक्ने, फोनमा कुराकानी गर्न सक्ने र सामान्य अवस्थामा रहेको ऋषिदेवले बताए ।

सञ्जयको उद्धारपछि उनको परिवारमा मात्रै होइन, घटनाबारे जानकारी राखिरहेका सर्वसाधारणमा समेत खुसी छाएको छ । लामो समयसम्म बेपत्ता रहेका व्यक्तिलाई जीवितै उद्धार गर्न सकिन्छ भन्ने आशा यस घटनाले जगाएको परिवारको भनाइ छ।

ऋषिदेवले सुरुङभित्र अझै जोखिममा रहेका वा सम्पर्कविहीन व्यक्तिहरूको पनि सकुशल उद्धार होस् भन्ने कामना गरेका छन्।प्रमिला कार्की नेपाल न्यूज बैंक

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
घट्यो सुनको मूल्य सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्