• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता : १८ विद्यालय ध्वस्त

64x64
नेपाल लाइभ सोमबार, भदौ १५, २०८३  १८:१९
1140x725

काठमाडौं– भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ ।

प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन । हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ७८८ जनाको मृत्यु भइसकेको छ ।

मृतकमध्ये कम्तीमा १४ जना भन्दा बढी बालबालिका छन् भने सयौं अझै बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र प्रभावितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था युनिसेफका अनुसार बाढी प्रभावित क्षेत्रमा बालबालिकाले छोटो समयमै आफ्नै आँखा अगाडि घर, परिवार, विद्यालय र समुदाय बगाएको देखेका छन् । यसले उनीहरूको शारीरिक सुरक्षासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ ।

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले रसुवा र धादिङका बालबालिकाले आफ्नो जीवन नै बगिरहेको देख्नुपरेको बताइन् । उनका अनुसार धेरै बालबालिकाले आफन्त र प्रियजन गुमाएका छन् भने घर, कक्षाकोठा तथा स्वास्थ्य संस्थासमेत क्षतिग्रस्त भएका छन् ।

‘मृत्युको संख्या अझै बढ्दै जाँदा हामीलाई थाहा छ कि यो त्रासदी अझै समाप्त भएको छैन,’ उनले भनिन्, ‘बाढीबाट बचेका बालबालिकाले अब रोग, कुपोषण, हिंसा र शोषणको बढ्दो जोखिमको सामना गरिरहेका छन् ।’

अचानक आएको बाढीले कतिपय बस्ती पूर्णरूपमा बगाएको छ भने कतिपय क्षेत्रसँगको सम्पर्क नै विच्छेद भएको छ । सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणाली तथा दूरसञ्चार संरचनामा ठूलो क्षति पुगेका कारण प्रभावित क्षेत्रमा राहत तथा जीवनरक्षक सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ ।

बाढीबाट कम्तीमा चार स्वास्थ्य संस्था गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। स्वास्थ्य संस्थामा पुगेको क्षतिका कारण बालबालिका र परिवारले उपचार आवश्यक परेको समयमा स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका छन् । दूषित पानी र सरसफाइको अभावका कारण बाढीपछि बालबालिकामा विभिन्न रोगको जोखिमसमेत बढेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, बाढीले बालबालिकाको शिक्षामा पनि गम्भीर असर पारेको छ । युनिसेफका अनुसार १८ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने थप २० विद्यालयमा क्षति पुगेको छ । नदी किनारमा रहेका दर्जनौं विद्यालय अझै जोखिममा छन् ।

करिब १० हजार विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो शिक्षा निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको युनिसेफले जनाएको छ । उनीहरूका लागि अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री तथा बालबालिका र शिक्षक दुवैका लागि मनोसामाजिक सहयोग आवश्यक देखिएको छ ।

बाढी प्रभावित बालबालिकाको स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, शिक्षा तथा बाल संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल सरकार र मानवीय साझेदारसँगको समन्वयमा युनिसेफले सहयोग बढाइरहेको जनाएको छ ।

प्रभावित क्षेत्रमा चिकित्सा पाल, झुल, नवजात शिशुका लागि आवश्यक सामग्री तथा तीव्र कुपोषण भएका बालबालिकाका लागि उपचारात्मक खाना पठाउने तयारी गरिएको छ । हजारौं परिवारलाई आपत्कालीन स्वच्छता किटसमेत वितरण गरिएको छ ।

Xtrem

Xtrem

बाढीका कारण मानसिक रूपमा प्रभावित बालबालिकाका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग टोलीसमेत परिचालन गरिएको छ । परिवारबाट छुट्टिएका वा हराएका बालबालिकाको पहिचान, दर्ता तथा परिवारसँग पुनर्मिलनका लागि पनि काम भइरहेको युनिसेफले जनाएको छ ।

यसैगरी, प्रभावित परिवारलाई तत्कालका आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुर्याउने उद्देश्यले आपत्कालीन नगद सहायता उपलब्ध गराउन युनिसेफले नेपाल सरकारसँग समन्वय गरिरहेको छ ।

बाढीमा घाइते भएका बालबालिकाको अवस्था पनि चिन्ताजनक छ । विभिन्न स्थानबाट उद्धार गरिएका ७६ जना घाइते हाल काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार उपचाररत घाइतेमध्ये १८ वर्षमुनिका नौं जना बालबालिका छन् ।

उपचाररत बालबालिकामध्ये सबैभन्दा धेरै पाँच जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । त्यहाँ अर्घाखाँचीकी चार वर्षीया मनिषा उचाई, धादिङकी पाँच वर्षीया ईशारा तामाङ, नुवाकोटकी ६ वर्षीया विनिसा डंगोल, ११ वर्षीया वविसा डंगोल र १७ वर्षीया स्मृति ओझाको उपचार भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा तीन जना बालबालिका उपचाररत छन् । रसुवाका ६ वर्षीय आयुष तामाङ, ८ वर्षीय जोवल घले तथा धादिङका १५ वर्षीय सबिन मग्रातीको उपचार भइरहेको छ । रसुवा गोसाइँकुण्डकी १४ वर्षीया दावा डोल्माको भने वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको पछिल्लो विवरणअनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत ७६ जनामध्ये ६७ जना वयस्क तथा ज्येष्ठ नागरिक र ९ जना बालबालिका छन् ।

यसबीच, बाढी प्रभावित बालबालिकाको वास्तविक अवस्था र संख्या पहिचान गर्न भने चुनौती देखिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार प्रभावित स्थानीय तहमा कार्यरत बाल कल्याणकारी तथा सम्बन्धित निकायसँग प्रभावकारी समन्वय हुन सकेको छैन । कतिपय स्थानमा सम्पर्कसमेत स्थापित हुन नसकेको परिषद्ले जनाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बाढीबाट प्रभावित बालबालिकाको यकिन तथ्यांक संकलन गर्न केही समय लाग्ने बताए । उनका अनुसार सरकारको एकद्वार प्रणालीमार्फत राहत तथा उद्धारका काम अघि बढाइएको छ ।

युनिसेफले आपत्कालीन प्रतिकार्यलाई निरन्तरता दिन र प्रारम्भिक पुनर्लाभमा सहयोग पुर्याउन १ करोड ७२ लाख अमेरिकी डलर आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

तत्काल र लचिलो आर्थिक स्रोत उपलब्ध हुन नसके बालबालिका तथा महिलालाई स्वास्थ्य, पोषण, सुरक्षित पानी, शिक्षा, बाल संरक्षण र सामाजिक सुरक्षाका सेवा उपलब्ध गराउने क्षमता सीमित हुने युनिसेफले चेतावनी दिएको छ ।

बाढीपछि उद्धार र राहतसँगै अब बालबालिकाको सुरक्षा, स्वास्थ्य, शिक्षा र मानसिक पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।

भौतिक संरचना पुनर्निर्माणसँगै बाढीले बालबालिकाको जीवनमा पारेको दीर्घकालीन असर सम्बोधन गर्न नसके विपद्को प्रभाव उनीहरूको भविष्यसम्म फैलिन सक्ने जोखिम छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्