काठमाडौं– त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुचारु गरिएको छ।
गल्छी-त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सडक सुचारु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।