काठमाडौं– गत असार २१ बाट प्रदर्शनमा आएको फिल्म 'बोबीले' प्रदर्शन अगावै खोलेको नर्वे भिजिट स्किमको नतिजा सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको अयोजना गर्दै नर्वे भिजिट स्किमका लागि गोला प्रथाद्धारा उक्त नतिजा सार्वजनिक गरेको हो।
_x000D_
_x000D_
फिल्मले ‘बोबी हेरौँ, नर्वे घुमौं’ शीर्षक सहितको स्किम दर्शकमाझ ल्याएको थियो। स्किममा सहभागी हुनका लागि फिल्म हेर्न आएको टिकटसहितको फोटो फेसबुकमा पोष्ट गर्नुपर्ने थियो। उक्त स्किमअनुसार सहभागी हुन आएका हजार बढी दर्शकको उक्त तस्वीरको स्क्रिनसट प्रिन्ट गरी पत्रकार सम्मेलनकासाथ गोला प्रथाद्धारा भाग्यशाली विजेता घोषणा गरिएको हो।
_x000D_
_x000D_
उक्त कार्यक्रममा फिल्मकी वास्तविक पात्र तथा अभिनेत्री कविता गुरुङ, निर्देशक मिलन चाम्स, चलचित्र बिकास वोर्डका अध्यक्ष राजकुमार राई लगायतको उपस्थिति रहेको थियो।
_x000D_
_x000D_
गोलाप्रथाद्धारा विजेता बनेका झापाका राजेश लिम्बुले आफ्नो एक साथीसहित नर्वे घुम्ने अवसर प्राप्त गरेका छन्।
_x000D_
_x000D_
वास्तविक प्रेम कथा र उनै प्रेम जोडीको अभिनय रहेको फिल्म 'बोबीले' नेपाललगायत विभिन्न देशमा राम्रो व्यापार गर्न सफल भएको थियो। प्रदर्शनको पहिलो दिनबाट नै सकरात्प्रमक प्रतिकृया पाएको फिल्मले युकेमा मात्र १७ लाखको व्यापार गर्न सफल भएको फिल्म युनिटले बतायाे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।