• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन

64x64
नेपाल लाइभ शनिबार, भदौ १३, २०८३  १८:३९
1140x725

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी धेरै मानिस बेपत्ता भएका छन् भने कतिपयको मृत्यु भएको छ । बाढीका कारण धेरै परिवार घरबारविहीन छन् । 

pditafanta-(12)-1788007572.jpg

बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन परिवारका सदस्यहरू निरन्तर खोजीमा जुटिरहेका छन् ।  बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानसरोवर यात्राका क्रममा ५४ जना सम्पर्कविहीन भएकामध्ये आफन्तहरु धेरै जना परेको सुनाइन् । 

pditafanta-(17)-1788007575.jpg

रमीताले सम्पर्कविहीनमध्ये उनका दाजु, अंकल, साथी र सानोबुवा पनि रहेको सुनाइन् । उनीहरू मानसरोवर ट्रेकिङका लागि ‘लाइफ होलिडे’मार्फत ५४ जनाको समूहमा रसुवा पुगेको बताइन् ।

pditafanta-(13)-1788007573.jpg

उनले भनिन्, ‘मेरो दाइ, अंकल, अनि साथी अनि सानोबुवा हुनुहुन्छ । उहाँहरू टिमुरेमा बास बस्नुभएको अनि लाइफ होलिडेबाट उहाँहरू कैलाश यात्रा जानुभएको हो । ५४ जनाको ग्रुपमा नारायण बानियाँतर्फ २० जना हुनुहुन्थ्यो । अरू दाइहरूको आ—आफ्नै ग्रुप थियो । उहाँहरू बिहान साढे आठ बजेसम्म अफिसको सम्पर्कमा आउनुभएको थियो, त्यसपछि सम्पर्कमा हुनुहुन्न ।’

pditafanta-(16)-1788007574.jpg

Ncell 2
Ncell 2
nimb
nimb

बाँनियाले विशेषगरी नारायण बानियाँको परिवारको अवस्था संवेदनशील रहेको भन्दै तत्काल खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन आग्रह गरिन । बानियाँकी ६ वर्षीया छोरी र श्रीमती रहेको उनले बताइन् ।

pditafanta-(18)-1788007575.jpg

उनले सम्पर्कविहीन व्यक्तिहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूबारे कुनै जानकारी पाएको भए परिवारलाई खबर गर्न आग्रह गरिन् । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ साबुखानीका प्रकाश श्रेष्ठले आफ्ना दाइ रुद्रबहादुर श्रेष्ठ तीन–चार दिनदेखि सम्पर्कविहीन रहेकाले खोजीका लागि आएको बताए । रुद्रबहादुर यही १० गते रसुवा गएको उनले बताए । 

pditafanta-(20)-1788007576.jpg

‘मेरो दाइ रुद्रबहादुर श्रेष्ठ हराउनुभएको छ । तीन–चार दिनदेखि सम्पर्क हुन सकेको छैन । यही १० गते रसुवा जानुभएको हो,’ प्रकाशले भने । रुद्रबहादुरको परिवारमा श्रीमती र दुई जना बालबालिका छन् ।

यस्तै, रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ का विशाल नेपाली पनि सम्पर्कविहीन छन् । ट्रमा सेन्टरमा पुगेका सीताराम नेपालीले विशाल नेपाली सम्पर्कविहीन भएको जानकारी दिए ।

pditafanta-(19)-1788007576.jpg

सीतारामका अनुसार विशाल भ्यान चालक हुन् । उनी भदौ ९ गते बेलुका रसुवा पुगेका थिए। भोलिपल्ट बिहान करिब ७ बजेसम्म परिवारसँग सम्पर्कमा रहेको भए पनि त्यसपछि बाढी आएसँगै उनको सम्पर्कमा नरहेको जानकारी दिए ।

pditafanta-(15)-1788007574.jpg

उनले भने, ‘लासहरू थुप्रै हेर्‍यौं, उद्धार गरेका क्षेत्रमा पनि हेर्यौं तर उहाँ भेटिनुभएन । अहिलेसम्म बेपत्ता हुनुहुन्छ ।’ उनले खोजीका क्रममा घाइतेहरू राखिएको स्थानदेखि शव भेटिएका ठाउँ र उद्धार गरिएका विभिन्न क्षेत्रमा पुगेर खोजी गरे पनि अहिलेसम्म उनको कुनै पत्तो लाग्न नसकेको बताए । 

pditafanta-(14)-1788007573.jpg

विशालको करिब ६ महिनाअघि मात्रै विवाह भएको र परिवारमा उनकी श्रीमती रहेको सीतारामले जानकारी दिए । यस्तै, नुवाकोटको लिखु गाउँपालिका–४, चौघडाका सन्तोष राई आफ्ना भाइसहित पाँच जना बेपत्ता भएको बताए । 

pditafanta-(9)-1788007571.jpg

राईका अनुसार उनका भाइ करिब ३१ वर्षका सञ्जीव राई विद्युतीय (ईभी) गाडी लिन टिम्बुरे भन्सार पुगेका थिए । उनी भदौ ९ गते साँझ करिब ७ बजे टिम्बुरे पुगेका थिए । त्यहाँ पुगेपछि खाना खाएर सुतेको जानकारी परिवारले पाएको थियो ।

pditafanta-(10)-1788007571.jpg

भोलिपल्ट भदौ १० गते बिहान परिवारले फोन गरी उनीहरू कहिले फर्किने भनेर सोध्दा सञ्जीवले चिया खाइसकेको र खाना खाएर करिब ११ बजे हिँड्ने बताएका थिए । बिहान करिब साढे ८ बजेसम्म उनीसँग सम्पर्क भइरहेको थियो । त्यसपछि भने टिम्बुरे क्षेत्रमा भेल आएको र फोन सम्पर्क नभएको उनले बताए । 

pditafanta-(11)-1788007572.jpg

सञ्जीवसहित सोही समूहका पाँच जना बेपत्ता छन्। उनीहरूमध्ये करणबहादुर दमाई, चित्र बुढाथोकी, अनिल तामाङ र सुमन कार्की रहेको राईले जानकारी दिए । सञ्जीव नयाँ ईभी गाडी काठमाडौं ल्याउने र शोरुममा राखेपछि पुनः टिम्बुरे जाने क्रममा थिए । सञ्जीवका ११ वर्षका छोरा छन् भने उनकी श्रीमती रोजगारीका सिलसिलामा दुबईमा रहेको उनले बताए ।  

pditafanta-(7)-1788007570.jpg

यसैगरी, नुवकोटका बासुदेव पाण्डले रसुवा धारापानी घर भएका बलराम लामिछाने र उनका भाइ कृष्ण लामिछाने बाढीमा परेर सम्पर्कविहीन भएको बताए ।  बाढीमा बेपत्ता भएका पाण्डले दुवै दाजुभाइ चीनबाट सामान ओसारपसार गर्ने चालकका रूपमा काम गर्दै आएको पाण्डले बताए । 

pditafanta-(8)-1788007570.jpg

पाण्डेका अनुसार बलरामसँग घटनाको अघिल्लो रातसम्म परिवारको सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क हुन नसकेपछि परिवारले घटनाबारे जानकारी खोज्न थालेको हो । समाचार अनुसार उनीहरू बाढीमा फसेको हुनसक्ने आशंका भएको पाण्डेले बताए ।pditafanta-(5)-1788007569.jpg

बलरामको परिवारमा श्रीमती, तीन छोरी र एक छोरा गरी पाँच जना छन् । उनका बुवासहित परिवारका दुई जना ज्येष्ठ सदस्यसमेत अशक्त अवस्थामा छन् । बलरामका बुवासमेत मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण थप अशक्त अवस्थामा रहेको पाण्डेले जानकारी दिए । 

pditafanta-(6)-1788007569.jpg

परिवारजनले रसुवा पुगेर समेत खोजीको प्रयास गरेका छन् । स्थानीय बाटो हुँदै रसुवा पुगे पनि बेपत्ता दाजुभाइबारे कुनै जानकारी प्राप्त नभएपछि उनीहरू काठमाडौं फर्किएको बताए ।

परिवारले अस्पताल तथा सम्भावित उद्धार केन्द्रमा समेत खोजी गरिरहेको जनाएको उनले बताए । ट्रमासँगै राजधानीका विभिन्न अस्पतालमा आफन्तको खोजीमा बाढी प्रभावितहरुको भीड देखिन्छ । वेपत्ताको खोजीका लागि नाम लेखाउनेहरुको पनि उत्तिकै लाइन देखिने गरेको छ । पार्वती भण्डारी,नेपाल न्यूज बैंक

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शुक्रबार दिनभर उद्धारमा के–के भयो ?
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं
सम्बन्धित सामग्री
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? तर सञ्जयले सुरुङभित्र बिताएका १० दिन भने निकै कठिन थिए । अचानक आएको बाढीले सुरुङभित्र रहेका कामदारहरूलाई ज्यान जोगाउन भागाभागको अवस्... शुक्रबार, भदौ १९, २०८३
१० मिनेटमा बदलिएको लामुसोती लामुसोतीको घटनाले प्राकृतिक विपत्तिसँगै अर्को महत्वपूर्ण प्रश्न उठाएको छ, पूर्वसूचना प्रणाली कति प्रभावकारी थियो ? शुक्रबार, भदौ १९, २०८३
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य गुम्बामा बाढीले बगाएका व्यक्तिहरूको सम्झनामा स्थानीयवासी तथा आफन्तहरू भेला भएर प्रार्थना गरिरहेका छन् । यदि उनीहरूको मृत्यु भइसकेको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
शुक्रबार दिनभर उद्धारमा के–के भयो ? शुक्रबार, भदौ १९, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप शुक्रबार, भदौ १९, २०८३
बाढीपीडित बालबालिकालाई प्रधामन्त्रीले भने– तपाईंहरुलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गर्नेछौं शुक्रबार, भदौ १९, २०८३
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो शुक्रबार, भदौ १९, २०८३
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित) शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्