काठमाडौं– हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले नेपालमा 'कभर सङ कम्पिटिसन' आयोजना गर्ने भएको छ। ट्वेन्टिथ सेन्चुरी फक्स र एप्पल इन्टरटेनमेन्टले संयुक्त रुपमा नेपालमा प्रतिस्पर्धा आयोजना गर्न लागेका हुन्।
_x000D_
_x000D_
प्रतिस्पर्धामा भाग लिन चाहनेले नेपालीले बेलायती रक ब्यान्ड ‘क्वीन’को कुनै एक गीतमाथि कभर गीत निर्माण गर्नुपर्नेछ। ब्यान्डका मुख्य गायकसमेत रहेका फ्रेडी मर्क्युरीमाथि बनेको म्युजिकल फिल्म ‘बोहिमियन रप्सोडी’ कात्तिक १६ गतेबाट नेपालमा सार्वजनिक हुँदैछ।
_x000D_
_x000D_
स्पर्धाको विजेताले कुनै एक नेपाली लोकप्रिय ब्यान्डसँग मिलेर पर्पल हेज ठमेल, टंगालउड नक्साल, मोक्ष झम्सिखेल र क्लब फरेनहाइट ठमेलमा अायोजना हुने कन्सर्टमा प्रस्तुति दिन पाउनेछन्।
_x000D_
_x000D_
मर्क्युरीले सन् १९७५ मा लेखेको हिट गीतको शीर्षकबाट फिल्मको नाम ‘बोहिमियन रप्सोडी’ राखिएको हो। उक्त गीत ‘अ नाइट एट् द ओपेरा’मा समावेश छ। युकेको चार्ट–बस्टरमा यो गीतलाई बेस्ट–सेलिङ गीतको रुपमा समेत लिइने गरिन्छ।
_x000D_
_x000D_
एक मिनेट लामो भिडियोलाई विजेताले आफ्नो फेसबुक पृष्ठमा पोस्ट गर्नुपर्नेछ। प्रतिस्पर्धीहरुले पठाएका गीतलाई जुरी मतको आधारमा उत्कृष्ट घोषित गरिने एप्पल इन्टरटेनमेन्टले जानकारी गराएको छ। हलिउड फिल्मको प्रवद्र्धनका लागि यस्तो अभियान नेपालमा पहिलो पटक भएको समेत एप्पलले जनाएको छ।
_x000D_
_x000D_
ब्रायन सिंगर निर्देशित फिल्म ‘बोहिमियन रप्सोडी’ले ‘क्वीन’ गायक मक्र्युरीको जीवन र सन् १९८५ मा बेलायतको वेम्वली स्टेडियममा उनले प्रस्तुत गरेको लाइभ–एड प्रस्तुतिको कथालाई समावेश गरेको छ। मक्र्युरीको भूमिका भने हलिउड क्रिटिक्स र गोल्डेन ग्लोब अवार्ड उचाल्न सफल अभिनेता रमी मलिकले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।