काठमाडौं– भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरुको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सरकारले अत्यावश्यक सामग्री सहयोग मागेको छ ।
सरकारले विवरण नै बनाएर इच्छुक दातृ निकाय, विकास साझेदार संघसंस्था, नागरिक समाज, निजी क्षेत्र लगायतसँग खोज, उद्धार तथा राहत सामग्री उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
हवाई मार्गबाट प्राप्त हुने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपतकालीन गोदाम र स्थलमार्गबाट प्राप्त हुने नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिमकेन्द्र सामाखुसी वा मैथली ब्यारेक बट्टार नुवाकोट वा जिल्ला प्रशासन कार्यालय धुन्चे वा सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरी सिधै प्रभावित जिल्लाका प्रशसान र स्थानीय तहमा दिन सकिने व्यवस्था मिलाइएको बताइएको छ ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।