काठमाडौं– नेपाल–चीन सीमावर्ती क्षेत्रमा पहिरोपछि बनेको तालको जलस्तर र पानीको रङमा परिवर्तन देखिएपछि पानी बाहिरिन सक्ने जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
चिनियाँ पक्षबाट प्राप्त आधिकारिक जानकारीअनुसार तालको जलस्तर तथा रङमा परिवर्तन आएको हो। तालमा पानीको सञ्चित मात्रा सीमित रहेकाले तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढीको उच्च जोखिम नरहेको जनाइए पनि नदीको जलसतह र बहावमा अकस्मात वृद्धि हुन सक्ने सम्भावना रहेको बताइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी नदीको जलसतहमा अचानक वृद्धि भए सुरक्षित स्थानतर्फ जान र जोखिमयुक्त क्षेत्रमा नबस्न सम्बन्धित निकायले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।