फाइल तस्बिर
काठमाडौं– बुधबार बिहानको महाविनाश ल्याएको भोटेकोशीमा शुक्रबार बेलुका फेरि बाढीको सतह बढेको छ । चिनियाँ तर्फबाट नदीमा बाढी बढेको सूचना प्राप्त भएकाले त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहीले अनुरोध गरेको छ ।
प्रहरीका अनुसार चिनियाँ पक्षले शुक्रबार राति ८ बजेर ४५ मिनेटमा रसुवा प्रहरीलाई बाढी बढेको सूचना दिएको हो । भोटेकोशीमा बाढी बढेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा सतर्कता अपनाउन आग्रह गरेका हुन्।
अर्को सूचना नआएसम्मका लागि त्रिशूली नदीको तटीय क्षेत्र रसुवादेखि मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सचेत गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।