काठमाडौं– चीनको प्राकृतिक स्रोत मन्त्रालयले दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ नाका आसपासको विपद्अघिको र विपद्पछिको ‘थ्री डी’ तस्बिर सार्वजनिक गरेको छ।

तस्बिरमा ठूलो हिमपहिरोपछि केरुङ नाका आसपासका सडक, पुल तथा भवनमा व्यापक क्षति पुगेको देखिएको छ। विपद्अघिको तस्बिरमा स्पष्ट देखिएका कतिपय संरचना विपद्पछिको तस्बिरमा पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्।

चीनको एरो जियोफिजिकल सर्भे तथा रिमोट सेन्सिङ सेन्टरका वरिष्ठ इन्जिनियर गुओ झाओचेङका अनुसार हिमपहिरोबाट बनेको लेदो तथा ढुंगासहितको बाढी डोङलिन त्साङ्पो नदी हुँदै तलतर्फ बगेको थियो।

त्यसपछि उक्त लेदोबाढी केरुङ नाका क्षेत्रमा पुगेको र त्यहाँका भवन तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको उनले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।