काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन्।
यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलोमध्येको सहयोग हो।
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया छिन्। उनले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको रकमको चेक शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बुझेका उनको सचिवालयले जनाएको छ।
सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरे। राणाले थप २५ लाख रुपैयाँबराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेकी छिन्।
अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले गरेको बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।