• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १२, २०८३  १७:५३
1140x725

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।

बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन विभिन्न अस्पताल पुगिरहेका हुन् । तर, धेरै परिवारले आफ्ना आफन्तको अवस्थाबारे अझै कुनै जानकारी पाउन सकेका छैनन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा पनि सम्पर्कविहीन आफन्तको खोजीमा पुगेका परिवारजनको भीड देखिन्छ । अस्पतालले सार्वजनिक गरेको घाइते तथा उद्धार गरिएका व्यक्तिको नामावलीमा आफन्तको नाम खोज्दै उनीहरू झिनो आशामा बसिरहेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी–२ का ३२ वर्षीय श्याम लामिछाने रसुवामा ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका थिए । गत भदौ १० गते बिहान बहिनीलाई फोन गरेपछि उनको मोबाइल बन्द भएको र त्यसयता सम्पर्क हुन नसकेको उनकी दिदी दुर्गा लामिछानेले बताइन् ।

‘भाइको नाम श्याम लामिछाने, ३२ वर्ष । अहिले ट्रेकिङ गाइडको लागि रसुवा गएको तीन महिना भयो । अस्ति १० गते बिहान ८ बजेर ३८ मिनेटमा बहिनीलाई फोन गर्नुभएको रहेछ । बहिनीले फोन उठाउन पाएनछ । ५–६ मिनेटपछि फोन गर्दा मोबाइल अफ आयो । त्यसपछि अहिलेसम्म सम्पर्कमा आएको छैन,’ उनले भनिन् । 

श्यामसँगै काम गर्ने अन्य व्यक्तिहरू पनि सम्पर्कमा नआएको दुर्गाले बताइन् । परिवारले ट्रमा सेन्टर, वीर अस्पताललगायत विभिन्न अस्पतालमा खोजी गरिसकेको भएपनि अहिलेसम्म कुनै जानकारी पाउन सकेको छैन ।

‘भर्खरै हामी ट्रमा र वीर अस्पताल पनि गयौँ । त्यहाँ पनि नाम छैन । यहाँ पनि हेरिसक्यौँ, यहाँ पनि छैन । अहिलेसम्म केही पत्ता लागेको छैन । उद्धार गर्नेहरूमा पनि हेरिरहेका छौँ । आफूले बुझेजति, जानेजति ठाउँमा खोजिरहेका छौँ, सम्पर्क गरिरहेका छौँ,’ उनले भनिन् ।

आफ्नो भाइको अवस्था थाहा पाउन नसकेपछि दुर्गाले सबैसँग खोजीमा सहयोग गरिदिन अपिल गरेकी छन् ।

nimb
nimb

‘कहीँ कतै देख्नु–भेट्नुभयो भने सम्पर्क गरेर भनिदिनुहोला । सास वा लास भए पनि भेटाउनुभयो भने फोन गरेर भनिदिनुहोला । बुढाबुढी बा–आमा हुनुहुन्छ, साना दुईवटा बच्चाहरू छन् । कसैले देख्नु–भेट्नुभयो भने सम्पर्क गरिदिनुहोला, खोजिदिनुहोला,’ उनले भनिन् । 

यस्तै, रसुवाको अपर हाइड्रोपावरमा कार्यरत गुञ्जबहादुर श्रेष्ठ पनि बाढीपछि सम्पर्कविहीन छन् । ड्युटीमा जानुअघि श्रीमतीसँग कुराकानी गरेपछि उनी सम्पर्कमा नआएको उनकी भाउजू पार्वती श्रेष्ठले बताइन् ।

उनले भनिन्, ‘ड्युटी जानुभन्दा अगाडि उहाँको मिसेससँग कुरा भएको रहेछ । त्यसपछि चाहिँ सम्पर्कविहीन नै हुनुभयो । हामीले कति खोजिसक्यौँ, कहीँ पनि नाम छैन । सुरक्षा निकायसँग कुरा गर्दा उद्धार गरिरहेका छौँ भनेर मात्रै भन्नुहुन्छ ।’

गुञ्जबहादुरसँगै काम गर्ने केही साथीहरू भने सम्पर्कमा आएको पार्वतीले बताइन् ।

‘साथीहरू त प्रायः आउनुभइसकेको छ । कोही चाहिँ भाग्ने क्रममा सँगसँगै आएको भन्ने कुरा छ । तर सबैको नाम ठ्याक्कै थाहा छैन,’ उनले भनिन् । 

अस्पतालको प्राङ्गणमा भेटिएकी आस्था मगर पनि आफ्ना अंकल र भिनाजुको खोजीमा थिइन् । उनका अनुसार मिना आले मगर र नवराज मगर रसुवागढी हाइड्रोपावरमा काम गर्दै आएका थिए । उनीहरू टिमुरेबाट घट्टेखोलातर्फ रहेको र बाढीपछि सम्पर्कविहीन भएको आस्थाले बताइन् ।

अन्तिम पटक भिनाजु नवराजले दिदीलाई फोन गरेको र त्यसपछि दुवै जनाको कुनै जानकारी नआएको आस्थाले बताइन् ।

‘लास्ट टाइम मंगलबार साढे ७ बजे दिदीलाई कल आएको थियो रे । त्यसपछि उहाँहरूको केही पनि कन्ट्याक्ट छैन । लास्ट लोकेसन पनि अहिलेसम्म थाहा छैन । अस्पतालमा आएर नेमलिस्ट र फोटोहरू हेर्न भनिएको छ । तर उहाँहरूको नाम अहिलेसम्म लिस्टमा छैन,’ उनले भनिन् । 

रसुवाको टिमुरेबाटै २१ वर्षीय वीरबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन छन् । गाडी चालकका रूपमा काम गर्ने वीरबहादुर बाढी आउनुअघि चीनतर्फ जाने यात्रुलाई लिएर टिमुरे पुगेका थिए ।

उनकी आमाका अनुसार भदौ १० गते बिहान साढे ८ बजेसम्म दिदीसँग फोन सम्पर्कमा रहेका वीरबहादुर त्यसपछि सम्पर्कविहीन भएका हुन् ।

‘मेरो छोरा वीरबहादुर श्रेष्ठ हो । २१ वर्षको भयो । गाडी लाइनमा काम गर्दथ्यो । त्यो दिन चीन जाने मान्छेलाई गाडी लिएर गएको रहेछ । पुलमा पुगेँ भनेर दिदीलाई फोन गरेको रे । त्यसपछि त्यहाँबाट सम्पर्क हुन सकेन,’ उनले भनिन् । 

परिवारले काठमाडौंका विभिन्न अस्पतालमा खोजी गरे पनि अहिलेसम्म वीरबहादुरको नाम घाइते तथा उद्धार गरिएका व्यक्तिको सूचीमा फेला परेको छैन ।

यसैबीच, रसुवा, नुवाकोट, गोरखा तथा धादिङमा भदौ १० गते आएको भीषण बाढीपहिरोमा परी घाइते भएका ४८ जनालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, टिचिङ महाराजगञ्जमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ भने २१ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा उपचाररत घाइतेमध्ये पेमा तामाङ र राजेन्द्र भट्टको अवस्था गम्भीर छ । उनीहरूलाई भेन्टिलेटरसहित आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यस्तै अशोक श्रेष्ठ, बालबहादुर घर्ती, मिनबहादुर श्रेष्ठ, पवित्रा कार्की र महेश्वर शाहको पनि आईसीयूमा उपचार भइरहेको छ ।

अन्य घाइतेहरूको अवस्था हेरी अर्थोपेडिक, पेडियाट्रिक सर्जरी, अब्जर्भेसन तथा आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

तर, अस्पतालको सूचीमा नाम नभेटिएका आफ्ना आफन्तको खोजीमा रहेका परिवारजनका लागि भने प्रत्येक अस्पतालको ढोका र प्रत्येक नामावली आशाको अन्तिम आधार बनेको छ ।

भोटेकोशी बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजी जारी रहँदा परिवारजनको एउटै प्रश्न छ– ‘हाम्रा आफन्त कहाँ छन् ?’


 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी
सम्बन्धित सामग्री
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलोमध्येको सहयोग हो। शुक्रबार, भदौ १२, २०८३
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’ बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायले उद्धार गरी काठमाडौं ल्याएका घाइते तथा शवको विवरण खोज्दै परिवारजन विभ... शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदार... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग शुक्रबार, भदौ १२, २०८३
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’ शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्