काठमाडौं– भोटेकोशी बाढीबाट निम्तिएको महावित्तिमा नेपाल सरकारलाई सहयोगमा लागि भारतले फेरि राहत पठाउने भएको छ ।
भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा उक्त छलफलबारे जानकारी दिँदै विदेशमन्त्री जयसंशकरले भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे आज पनि छलफल भएको जानकारी दिएका हुन् । नेपालमा आएको बाढीपछि राहत, उद्धार र पुनर्स्थापनाका विषयमा भारतले उच्च प्राथमिकतामा राखेकोसमेत उनले बताएका छन् ।
जयशंकरले सामाजिक सञ्जालमार्फत काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा उनीहरूको सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराएको उल्लेख गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।