काठमाडौ– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा कार्यरत राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटका अध्यक्ष राजकुमार नेपाली पनि सम्पर्कविहीन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघद्धारा शुक्रबार जारी विज्ञप्तिमा नेपालीको परिवारबाट उनी सम्पर्कमा नआएको जानकारी प्राप्त भएको जनाइएको छ ।
महासंघले नेपालीसहित यसअघि सम्पर्कविहीन भएका पत्रकार र उनीहरूका परिवारको खोजी तथा उद्धार कार्यमा गम्भीर हुन सम्बन्धित निकायसँग जोडदार माग पुनः गरेको छ ।
‘यो कार्यमा सहयोग पुर्याउन प्रभावित जिल्लास्थित महासंघका शाखा, पत्रकारसम्वद्ध संघसंस्थालगायतलाई अनुरोध गरिन्छ’ महासंघले भनेको छ ।
बाढीका कारण पत्रकार तथा सञ्चारमाध्यममा परेका समस्याबारे यथाशीघ्र शाखा र प्रदेश समितिमार्फत वा सोझै केन्द्रीय समितिलाई जानकारी गराउन पनि महासंघले सम्वद्ध सबैमा अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।