काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ।
सरकारकार प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, गोरखामा ४४ जना शव भेटिएको हो।
त्यस्तै नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना, चितवनमा १८८ जनाको शव भेटिएको छ। यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो।
अहिले शव भेटिएका जिल्लाहरूमै शव व्यवस्थापन गरिएको छ। चितवनमा आजदेखि शवको पहिचान पनि सुरु गरिँदैछ। पोखरेलले बेपत्ताहरूको खोजीकार्य जारी रहेको पनि बताए। बुधबार रसुवाको भोटेकोशी, त्रिशूली नदी हुँदै आएको बाढीले ठूलो जनधनको क्षति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।