काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धारमा खटिएका डोजर, उपकरण र मानिसहरूलाई क्षतिग्रस्त ठाउँबाट तत्काल सुरक्षित स्थानतर्फ हटाइएको छ ।
रसुवामा खटिएका एसएसपी दीप शमशेर राणाका अनुसार सम्भावित जोखिमका कारण सुरक्षाकर्मीले सीमा क्षेत्र र नदी किनारका सडकहरूमा आवागमन पूर्ण रूपमा रोकेका छन् ।
नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा कार्यरत उद्धारकर्मी र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।
प्राधिकरणले नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्नसमेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।