काठमाडौं–चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।
चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।
प्रजिअ परियारले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’
गत बुधबारको भीषण पहिरोपछि नदी थुनिएर बनेको यो ताल जुनसुकै बेला फुट्न सक्ने खतराका कारण चिनियाँ पक्षले यसअघि नै उद्धार कार्य स्थगित गरिसकेको थियो।
ताल ओभरफ्लो हुन थालेपछि अब तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना बढेको छ, जसले नेपालतर्फको रसुवागढी र आसपासका बस्तीहरूमा ठूलो क्षति पुर्याउन सक्ने त्रास फैलिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।